|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

द्धन्द पीडितको राहातका लागि शान्ति समितिको माग

गुल्मी फाल्गुन १७, पी.एम.मगर
गुल्मी जिल्लाका द्वन्द पीडितहरुले प्रभावकारी रुपमा राहत नपाएको भन्दै स्थानीय शान्ति समिति गुल्मीले त्यस्ता द्वन्द पीडित व्यक्ति र परिवारलाई प्रभावकारी रुपमा राहत वितरण गर्नु पर्ने माग गरेका छन् । स्थानीय शान्ति समिति गुल्मीले गरेका कामको वारेमा अनुगमनकालागि सोमबार तम्घास आउनु भएका शान्ति तथा पुनर्निर्माण मन्त्रालयका शाखा अधिकृत माधव प्रसाद शर्मासँगको भेटघाटमा उक्त माग गरिएको हो । स्थानीय शान्ति समिति गुल्मीका संयोजक जिवन रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व संयोजकहरु शालिकराम पन्थी, युवराज के.सी. लगायतका व्यक्तिहरुले स्थानीय शान्ति समितिको कार्याअधिकार क्षेत्र विस्तार गर्नु पर्ने,द्वन्द पीडित , घाईते अपाङ्ग,वन्दी अपहरण र विस्थापितहरुलाई तुरुन्त राहत पठाउनु पर्ने, चेतनामूलक कार्यक्रमहरुलाई प्रभावकारी वनाउ आर्थिक दायीत्व पनि शान्ति समितलाई दिनु पर्ने र जिल्लामा शान्ति तथा पूनर्निर्माण मन्त्रालयवाट भएका कामहरुको वारेमा स्थानीय शान्ति समितिलाई जानकारी दिनु पर्ने जस्ता मागहरु राख्नु भएको थियो ।
भेटघाट कार्यक्रममा शाखा अधिकृत माधव प्रसाद शर्माले गुल्मी जिल्लामा स्थानीय शान्ति समितिले गरेका गतिविधिहरु निकै प्रभावकारी भएको र यसले अन्य जिल्लाका शान्ति समितिहरु लाई समेत नमूना देखाएको भन्दै शान्ति समितिवाट प्रस्तुत सुझाव र मागहरुलाई आफुले मन्त्रालयमा पुरायर छलफल गर्ने वताउनु भएको थियो । कार्यक्रम स्थानीय शान्ति समिति गुल्मीका कार्यालय सचिव कृष्ण विश्वकर्माले गर्नु भएको थियो ।
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस