|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

खाजाको लागि साढे चार करोड

१७ फागुन, दाङ । सरकारले दाङ जिल्लामा विद्यालय खाजा कार्यक्रमका लागि करिब साढे चार करोडको बजेट बिनियोजन गरेको छ । प्राथमिक तहका विद्यार्थीहरुलाई विद्यालयमा नियमित रुपमा आउने वातावरण बनाउन दाङका १८ हजार बढी बिद्यार्थीहरुका लागि चार करोड ३६ लाख ४४ हजार रुपैयाँ बजेट बिनियोजन गरिएको हो । गत आर्थिक वर्षदेखि सन्चालित खाजा कार्यक्रम जिल्लामा प्रभावकारी भएपछि यस बर्ष पनि निरन्तरता दिइएको हो । गत बर्ष जिल्लामा खाजा कार्यक्रमका लागि ३ करोड १६ लाख २८ हजार दुई सय बजेट विनियोजन गरेको थियो । गत वर्ष ल्याएको बजेटबाट प्रभावकारी नतिजा आएपछि यसवर्ष कार्यालयले थप केहि बजेट विनियोजन गरेको जिल्ला शिक्षा कार्यालय दाङका शाखा अधिकृत ओमप्रकाश न्यौपानेले जानकारी दिनु भयो ।

दाङका पुरन्धारा, धर्ना, फूलबारी, लोहारपानी, स्युजा, काभ्रे, सौडियार, राजपुर, पञ्चकुले, घोराही नगरपालिकालगाएतका विभिन्न बिद्यालयमा खाजा कार्यक्रम सञ्चालन गरिएको छ । सरकारले खाजा कार्यक्रम ल्याएपछि प्रावि तहका विद्यार्थीहरु नियमित विद्यालय जाने गरेको शाखा अधिकृत न्यौपानेले जानकारी दिनुभयो ।

गत वर्ष २३ हजार एक सय ७८ विद्यार्थीलाई खाजा कार्यक्रम सञ्चालन गरिएकोमा यस वर्ष १८ हजार एक सय ८५ विद्यार्थीलाई यो कार्यक्रम सञ्चालन गरिएको छ । विकट तथा पिछडिएका गाविसका विपन्न विद्यार्थीहरुलाई शिक्षाको पहुचमा ल्याउनको लागि स्कुल समयमा प्रतिविद्यार्थी १२ रुपैयाँको दरले खाजा खुवाउने हुदा विद्यार्थी नियमित विद्यालय आएर पढ्ने गरेको पाइएको छ ।

यसैबीच खाजा कार्यक्रम सञ्चालन भएका बिद्यालयहरुले प्रगती प्रतिवेदन नबुझाएको जिल्ला शिक्षा कार्यालय दाङले जनाएको छ । दिवा खाजा कार्यक्रमका लागि पठाइएको रकम के कति मात्रामा खर्च भयो भन्ने बारेमा अधिकांस बिद्यालयले प्रगती विवरण नबुझाएको शाखा अधिकृत ओमप्रकाश न्यौपानेले जानकारी दिनुभयो ।
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस