|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

बेहुली लिएर र्फकदै गरेको सवारी दुर्घटना,तीनको मृत्यु,५३ घाइते

धनकुटा, फाल्गुन १८ - धनकुटाको वेलहाराबाट सदरमुकामतर्फ बेहुली लिएर र्फकदै गरेको सवारी साधन मंगलबार साँझ ७ बजे दुर्घटना हुँदा तीनको मृत्यु भएको छ भने करिब ५३ जना घाइते भएका छन् । वेलहारा ७ खुरिलाबाट जन्ति लिएर र्फकदै गरेको को. १ ख १०४२ नंबरको ट्रक हिले-छिन्ताङ् सडक खण्डको उत्तरपानी नजिक मोटरसाइकललाई साइड दिने क्रममा सडकबाट करिब ३ सय मीटर तल झरेको प्रत्यक्षदर्शीले बताए । दुर्घटनामा परि वेलहारा ७ का ३५ वर्षीया लीलामाया मगर र वेलहारा ३ का ७७ वर्षीया जहरसिं रानाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । उनीहरुको घटनास्थलमा नै मृत्यु भएको हो । त्यस्तै,धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा राति एक बजे आँखिसल्ला गाविस १ का ३५ वर्षीय पुस्ते परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कच्ची सडक छेउबाट अकस्मात भीरतर्फ झर्दा ट्रक तीन पटक पल्टिएको प्रत्यक्ष्ादर्शी लक्ष्मी राईले बताइन् । उनका अनुसार विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई साइड दिन लाग्दा पछाडि सर्दै ट्रक भीरबाट पल्टिएको थियो । घटनामा घाइते हुने अधिकांश वेलहाराबासी रहेका छन् । गम्भीर घाइते हुनेमा बेहुला १८ वषिर्य मिलन मगर, वेलहाराका लक्ष्मी राई, सुजना मगर, हस्त मगर, धनमाया मगर, लीना मगर, नीरमाया मगर, सुनिता मगर, सुस्मिता मगर, टंक राना मगर, सोम मगर लगायत रहेका छन् । अधिकांश सामान्य घाइतको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर १० जनाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप उपचारका लागि लगिएको अस्पतालले जनाएको छ । यस्तै दुइ जनालाई प्रतिष्ठानमा पनि उपचार सम्भव नभएपछि विराटनगरस्थित न्यूरो अस्पताल लगिएको छ ।

बेहुला मिलनको खुट्टा भाँचिएको छ भने शरीरका विभिन्न भागमा चोट लागेको छ । बेहुली सन्जिता मगर भने सामान्य घाइते भएकिछिन् । घटनास्थलमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासीले राति अबेरसम्म उद्वार गरेका थिए । ट्रकमा सवार करिब ६० मध्ये प्रायः सबै घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते बेहुला । तस्विरः तुलसीराम के सी

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस