|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

पर्यटन महोत्सवको तैयारी अन्तिम चरणमा, उद्घाटन प्रचण्डले गर्ने

गुल्मी फाल्गुन १८
प्रथम गुल्मी पर्यटन तथा सांस्कृतिक २०६७ को तैयारी यतिवेला अन्तिम चरणमा पुगेको छ ।महोत्सवलाई भव्य पार्न आयोजक–समाज विकास, पर्यटन प्रवद्र्धन तथा वातावरण संरक्षण केन्द्र नेपाल व्यापक तयारी एंव प्रचार प्रसारमा जुटेको छ । प्रथम गुल्मी पर्यटन तथा साँस्कृतिक महोत्सव २०६७ को विहीवार भव्य समारोहका साथ एकिकृत नेकपा माओवादीका अध्यक्ष एंव पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।उद्घाटन समारहोमा सरिक हुन एकिकृत नेकपा माओवादीका महासचिव एंव पुर्व रक्षामन्त्री रामवहादुर थापा वादल, नेकपा एमाले पोलीटव्यूरो सदस्य एंव गुल्मी क्षेत्र नं. २ का सभासद तथा पुर्व मन्त्री प्रदिप ज्ञवाली, क्षेत्र नं. ३ का सभासद चन्द्रवहादुर थापा सागर, क्षेत्र नं. १ का सभासद सुर्दशन बराल, सभासद सुर्यवहादुर सेन ओली, सभासद रेणु दाहाल, नेपाली काँग्रसका केन्द्रीय सदस्य चन्द्र भण्डारी लगाएत गुल्मी घर भई राज्यको उच्च ओहोदामा पुगेका विभिन्न व्याक्तिहरु भोली साँझसम्म सदरमुकाम आईपुग्ने आयोजकले बताएका छन ।
महोत्सवमा गुल्मीका चर्चीत गायक वम वहादुर कार्की शिव आले, रामजि खाड, शन्तोष के.सी, जनवादी गाएक जिवन शर्मा, झंकार वुढा मगर, मुना थापा निता सुनार, मनोज गजुरेलको प्रस्तुति रहने छ । कार्यक्रम फागुन १९, २० र २१ गतेसम्म चल्ने छ ।
स्थानिय नेवार, गुरुङ मगर लागएत विभिन्न जातिका आ–आफ्ना परमपरागत परिकारको स्टल रखिनुका साथै स्थानिय भेषभुषा, घरेलु उत्पादन कृषी पशु वन वनस्पति, जडिवुटि, धर्मिक एंव पर्यटकिय क्षेत्रको प्रर्दशनी हुने वताईएको छ । महोत्सवामा काठमाडौ, पोखरा, चितवन, नवलपरासी, वुटवल, नेपालगंज, अर्घाखाची पाल्पा स्याङ्जा वाग्लुङ र प्यूठान लगायतका नेपालभरका बिभिन्न स्थानवाट हजारौ आन्तरीक पर्यटक
आउने र गुल्मीलाई पहिलो पटक नजिक वाट चिनाउने आयोजकको दावी छ ।
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस