|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

पर्यटन बर्ष २०११ मनाउन मुल समिती गठन

गुल्मी माघ ४-पर्यटन बर्ष २०११ मनाउन गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी परशुराम अर्याललको संयोजकत्वमा मुल समितीको आज गठन गरिएको छ ।पर्यटन मन्त्रालयबाट पठाएको पत्र अनुसार गुल्मी जिल्लामा पनि पर्यटकहरुलाई भित्राउनका लागि बिभिन्न कार्यक्रमहरु गरि पर्यटन बर्ष मनाउनका लागि मुल समीतीको गठन गरिएको हो । जिल्ला मुल समितीमा स्थानीय विकास अधिकारी दिपेन्द्रराज पौडेल, प्रहरी नायव उपरिक्षक पदम प्रसाद सुबेदी , एकीकृत नेकपा माओवादीका प्रतिनिधी गीरीराज पाण्डे, नेपाली काग्रेस जिल्ला कमीटी सचिव बिष्णु बलाल, नेकपा एमाले सचिवालय सदस्य जगँ नेपाली लगायत जिल्लामा रहेका राजनितीक दलका प्रतिनीधीहरु, यातायात ब्यवसायी, होटल ब्यवसायी अध्यक्ष युवराज भण्डारी, गुल्मी जिल्लामा पर्यटनको क्षेत्रमा काम गर्ने सघं सस्थाका प्रतिनीधी नेपाल पत्रकार महासंघ गुल्मीका उपाध्यक्ष नमराज भुसाल, लगायत रहेको एक मुल समिती गठन भएको हो । साथै नवगठित समितीले आगामि माघ २५ गते सदरमुकाम तम्घासमा बिभिन्न झाकी सहीतको र्‍याली निकालेर जिल्लामा पर्यटन बर्षको उद्घाटन गर्ने तथा जिल्लामा रहेको बिभिन्न पर्यटकीय सम्भावना बोकेका स्थानहरुको तस्बिर सकंलन गरि जिल्लाको मुख्य प्रवेशद्धारा रिडी र सदरमुकाम तम्घासमा होडिङ्ग बोर्ड राख्ने लगायतका बिभिन्न निर्णयहरु गरेको छ । कार्यक्रममा बिभिन्न सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधी, समाजसेवी, ब्यापारी, बुद्धिजीवी, शिक्षक, पत्रकार, बिभिन्न सघं सस्थाका प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम मुल समारोह समितीका सदस्य सचिव यज्ञश्वर पन्थीको सञ्चालनमा सम्पन्न भएको थियो । »बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस