|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

काम चलाउ सरकारद्वारा पाँच सचिवको सरुवा

काठमाडौ, माघ ३ - कामचलाउ सरकारले पाँच जना सचिवको सरुवा गरेको छ । नयाँ सरकार चयनको दोस्रो प्रकृया सुरु भइसकेको बेला सोमबार मन्त्रिपरिषद्को बैठकले सचिवहरुको सरुवा गरेको हो ।
निर्णय अनुसार शिविर व्यवस्थापनका सचिव शितल बाबु रेग्मीलाई उर्जा मन्त्रालयमा, काठमाडौं महानगरपालिकाका आनन्द पोखरेललाई मध्यपश्चिमको क्षेत्रीय प्रशासन कार्यालयमा, भूमि सुधारका छविराज पन्तलाई सुदूरपश्चिमको क्षेत्रीय प्रशासकमा र लोक सेवा आयोगका केशव भट्टराइलाई भूमि सुधार मन्त्रालयमा सरुवा गरिएको छ ।

सचविको सरुवासँगै शिविर व्यवस्थापन र महानगरपालिकामा सचिवको दरबन्दी खरेज गरिएको छ । ति स्थानहरुमा सहसचिव प्रमुख हुने छन् । यसअघि सचिवको भागबण्डा मिलाउनका लागि सहसचिव प्रमुख रहने महानगरपालिकामा पनि सचिवको दरबन्दी सृजना गरिएको थियो ।

अब योजना आयोग, लोकसेवा अयोग, पूर्वाञ्चल क्षेत्रीय प्रशासन र पश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयमा सचिव खाली रहेको छ ।

»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस