|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

आमासँगै कारागारमा नबालक

कञ्चनपुर, माघ ३ -
कारागार शाखा कञ्चनपुरमा जेल सजाय काट्दै आएका आमासँगै कारागारको चिसो छिँडीमा दुई नाबालकसमेत बस्दै आएका छन् । सात महिनाअघि कर्तव्य ज्यान र मानव बेचविखनसम्बन्धी आरोपमा अदालतबाट दोषी हठरिई जेल सजाय पाएका दुई महिलाका आश्रित नाबालक उनीहरुसँगै बस्दै आएका हुन् ।

परासन गाविसका पदम खातीलाई मारेको आरोपमा कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेकी सोही ठाउँकी ३५ वर्षीया मीना थापामगरसँगै पौने दुई वर्षकी छोरी र मानव बेचविखनको मुद्दामा सजाय भेग्दै आएकी परासनकै २७ वर्षीया रामकली सार्कीसँगै डेढ वर्षीय छोरा कारागारमै बस्दै आएका छन् ।

कर्तव्य ज्यान मुद्दामा मीनालाई २० वर्ष र मानव बेचविखनको मुद्दामा रामकलीलाई २४ वर्ष कैद सजाय तोकिएको छ । नाबालकहरु पाँच वर्ष नपुग्दासम्म आमासँगै बस्न पाउने कानुनी प्रावधानका कारण उनीहरुलाई आमासँगै कारागारमा राखिएको कारागारका प्रमुख पदमराज भट्टले बताए ।

कारागार प्रशासनले नाबालकहरुका लागि न्यानो कपडा र पौष्टिक आहारको व्यवस्था गरिएको बताए पनि कैदी महिलाले भने आफ्ना नाबालकहरुले प्रयाप्त मात्रामा न्यानो कपडा र खाना नपाएको गुनासो गरेका छन् । कारागार प्रमुख भट्टले नाबालकहरु पाँच वर्ष पुगेपछि सङ्घसंस्था र आफन्तको खोजी गरी जिम्मा लगाइने बताए ।

»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस