जिप दुर्घटनामा ५ जनाको मृत्यु, ५ गम्भीर
१६ फागुन, बागलुङ ।
बागलुङको मल्म गाविसस्थित डाग्दीखोलामा गएराती जिप दुर्घटना हुदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य ५ जना गम्भीर घाईते भएका छन् । मृत्यु हुनेमा पाण्डबखानी ६ का ४४ वर्षीय भक्तबहादुर पुन, २५ वर्षीय श्याम काउचा मगर, २३ वर्षीय दिनेश श्रीष, २० वर्षीय विक्रम श्रीष र १८ वर्षीय दिपक पुन रहेको बताईएको छ ।घाईते हुनेमा पाण्डवखानी गाविसकै ४० वर्षीय बलबहादुर श्रीष, २७ वर्षीय कुमार थापा, २४ वर्षीय प्रकाश श्रीष, १८ वर्षीय गंगा श्रीष र चालक २६ वर्षीय चित्रबहादुर मगर रहेका प्रहरी निरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभएको छ । घाईतेहरुको अवस्था गम्भीर भएको र उनीहरुलाई उपचारका लागि धौलागिरी अञ्चल अस्पताल बागलुङ पठाइएको जिल्ल्ाा प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
पाण्डबखानी गाबिसबाट गलकोट हटियाका लागि छुटेको ना १ ज १२८६ नम्बरको जिप गएराती दस बजेतिर सडकबाट करीव २ सय मिटर तल खोलामा खसेको थियो । जिपमा गलकोट हटियामा हुने गल्कोट उच्च माविको वाषिर्क उत्सव कार्यक्रममा सहभागी हुने यात्रु सवार थिए ।
दुर्घटना भएको जानकारी पाएलगत्तै ईलाका प्रहरी कार्याल हरिचौरका प्रहरी निरीक्षक सुरज खड्का नेतृत्वको प्रहरीटोली र स्थानियबासीको सक्रियतामा हिजो राती नै उद्धार गरीएको थियो ।
»बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें