|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

माओवादीले चैत ५ गतेदेखि युवा परिचालन गर्ने

धरान, फाल्गुन १६ - माओवादीले चैत ५ गतेदेखि जनताको सुरक्षाको लागि भन्दै युवा परिचालन गर्ने भएको छ ।माओवादी पोलिटव्यूरो सदस्य समेत रहेका स्वयंसेवक युवा परिचालन समितिका ईन्चार्ज नेत्रविक्रम चन्दले चैत ५ गतेदेखि जनताको सुरक्षाका लागि स्वयंसेवक परिचालन गरिने आइतबार धरानमा जानकारी दिए । नेता चन्दले वाईसीएलको अर्धसैन्य संरचना विघटन नहुने समेत स्पष्ट पारे । उनले कसैले भन्दैमा वाईसीएल विघटन नहुने उल्लेख गर्दै वाईसीएल माओवादीको युवा संगठन भएको स्पस्ट पारे ।

गृह देऊः गजुरेल

यसैबीच माओवादी सचिव सीपी गजुरेलले एमालेसँग भएको सात वुँदे सहमति अनुसार गृहमन्त्रालय माओवादीलाई दिनुपर्ने बताएका छन् ।

धरानमा सम्पन्न माओवादीको पुर्वान्चलस्तरीय स्वयंसेवक परिचालन समिति राजनितिक प्रशिक्षण कार्यक्रमपछि आइतबार पत्रकार सम्मेलनमा गजुरेलले नेपाली जनताको चाहना अनुसारको यो सरकार भएको दावी गरे । उनले विदेशी हस्तक्षेप विना अहिलेको सरकार वनेकोले यो सरकारलाई वाहिर वसेरै भए पनि सहयोग गर्ने वताए ।

पत्रकार सम्मेलनमा उनले विदेशी हस्तक्षेप विना वनाएको सरकारले राष्ट्रिय हितमा सात वुदे सहमति गरेको दावी गर्दै एमालेले सहमतिको अक्षरस पालन गर्नु पर्ने बताए । सात बुँदे सर्वत्र विरोध भइरहेको बेला उनले विदेशी शक्तिहरुका कारण सातवुदे सम्झौता लागु गर्न नदिएको समेत वताए ।
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस