एकै परिवारका चार सन्तान अपाङ्ग
१६ फागुन, नुवाकोट ।
पश्चिमी तारुका गाविसमा एकै परिवारमा चारजना सदस्य शारीरिक अपाङ्ग छन् । तारुका-१ तारुकाघाटका पूर्णमान श्रेष्ठका पाँच सन्तानमध्ये चार सन्तान अपाङ्ग भएपछि उनीहरुको हेरचाह गर्न परिवारलाई समस्या भएको छ ।पूर्णमानका चार सन्तानमध्ये जेठी ज्ञानुमात्र सबलाङ्ग छिन् । दुई छोरा र दुई छोरी भने बोल्न र हिँड्न नसक्ने छन् ।
शारीरिक अपाङ्ग भए पनि मानसिकरुपमा उनीहरु अरुले भनेको बुझ्ने र आफ्नो धारणा पनि व्यक्त गर्नसक्ने अवस्थामा भएको पूर्णमानले बताउनुभयो ।
अपाङ्ग चार सन्तानमा माइली छोरी २८ वर्षीया टीकामाया, कान्छी छोरी २२ वर्षीया कृष्णमाया, जेठा छोरा २६ वर्षीय घनश्याम र कान्छा छोरा १८ वर्षीय इन्द्रमान रहेका छन् । साना खुट्टा र घुँडा जोडिने भएकाले उनीहरु हिँड्न सक्दैनन् ।
जन्मिँदा राम्रो अवस्थामा जन्मिएका भए पनि हुर्कने क्रममा आफ्नो सन्तानमा शारीरिक अपाङ्गता देखिँदै गएको आमा सावर्नीमायाले बताउनुभयो । आर्थिक अभावले गर्दा सानोमा उपचारका लागि स्थानीय स्वास्थ्य सस्ंथाबाहेक अन्यत्र लैजान नसकिएको उहाँले बताउनुभयो ।
ज्याला मजदुरी र जेठी छोरीको घरजग्गा कमाएर परिवार पाल्दै आएका पूर्णमानले एक वर्षदेखि भने अपाङ्ग भत्ता पाउन थालेपछि राहत मिलेको बताउनुभयो ।
खाना खानदेखि शौचालय जानसमेत अरुको सहारा चाहिने सन्तानलाई घरमा आमाबाबु नहुँदा समयमा खाना खान र दिसापिसाबका लागि शौचालय जानसमेत नपाउने अवस्था रहेको छ ।
शारिरिक अशक्त यी चारजनाले एक वर्षदेखि सरकारले दिने मासिक दुई हजार रुपैयाँ भत्ताबाहेक कतैबाट केही सहयोग नपाएको अभिभावकको गुनासो रहेको छ । »बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें