|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

वन व्यवस्थापन तालिम

गुल्मी,माघ १
गुल्मीको सिमीचौर गाविसमा दुईदिने सामुदायिक वन व्यवस्थापन अभ्यास तालिम सम्पन्न भएको छ ।जिल्ला वन कार्यालय गुल्मीको आर्थिक वर्ष २०६७/०६८ को जीविकोपार्जनका लागि वन कार्यक्रम बमोजिम तम्घास रेन्जपोष्टअन्तर्गतको सिमीचौर गाविसको वार्ड नं. ३ मा उक्त तालिमको आयोजना गरिएको थियो । तालिममा सिमीचौर गाविस अन्तर्गतका सौरेनी सामुदायिक वन, कालिका सामुदायिक वन, वासखर्क सामुदायिक वन र सदावहार सामुदायिक वन उपभोक्ता समितिका २८ जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।तालिमको तम्घास रेञ्जपोष्टका रेन्जर मेघनाथ काफ्ले र फरेस्टर मोहन केसीले प्रशिक्षण दिएका थिए भने वन रक्षक घनश्याम आचार्य र मोतीलाल ज्ञवालीले सहजीकरण गरेका थिए । तालिमको पहिलो दिन वन व्यवस्थापन सम्बन्धमा सैद्धान्तिक प्रशिक्षण प्रदान गरिएको थियो भने अन्तिम दिन मंगलबार व्यवहारिक अभ्यासका लागि सौरेनी सामुदायिक वनको खण्ड २ अन्तर्गतको वनमा झाडी सफाइ, रुखका हाँगा काँटछाँटजस्ता कार्यको अभ्यास गराइएको थियो । »बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस