|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

शब्दचित्रमा किसुनजी

काठमाडौं फागुन २१
। नेपाली राजनीतिमा भद्र नेताका रुपमा चिनिएका कृष्णप्रसाद भट्टराई विक्रम संवत १९८१ मा पीता संकटा प्रसाद र माता ललितादेवीका ९ सन्तानमध्ये कान्छो सन्तानको रुपमा भारतको बनारसमा जन्मनुभएको थियो । बाल्यकाल वनारशमा विताएका भट्टराईको शिक्षा दिक्षा पनि त्यहीं नै भयो । बनारश हिन्दू विश्व विद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेका भट्टराईले स्नातकोत्तर भने गर्न सक्नुभएन ।

उहाँको राजनीतिमा प्रत्यक्ष संलग्नता सन १९४२ को भारत छोड आन्दोलनबाट सुरु भएको हो । १९४२ को भारत छोड आन्दोलनमा २० दिन जेलमा बिताएका भट्टराईको त्यो पहिलो जेल यात्रा थियो । भारत स्वतन्त्रता आन्दोलनको क्रममा बनारस हिन्दु विश्व विद्यालयमा पढ्ने नेपाली विद्यार्थीले स्थापना गरेको संगठनमा उहाँ निर्विरोध उपसभापति चयन हुनु भएको थियो । त्यो नै उहाँको राजनीतिको पहिलो पद थियो । पछि उहाँ सिटी स्टुडेन्ट युनियनको अध्यक्ष, नेपाली छात्र संघको अध्यक्ष र अखिल भारतीय विद्यार्थी काङ्ग्रेसको संयुक्त सचिव पनि हुनुभयो ।

आफ्नो राजनीतिको प्ररेणाको श्रेय कसैलाई पनि नमान्ने भट्राई, महात्मा गान्धी, नेपोलियन, विपी र गणेशमानका विचारबाट प्रभावित भएको स्वीकार गर्नुहुन्थ्यो । नेपालमा राणा शासनको अन्त्य गर्ने योजना अनुसार विक्रम संवत २००३ साल माघ १२ र १३ गते कलकत्तामा भएको कार्यक्रममा नेपाली राष्ट्रिय काङगे्रसको गठन भएपछि भट्राई त्यसको सहमहामन्त्री नियुक्त हुनभयो । २००३ साल फागुन २१ गते काङ्ग्रेसले विराटनगरमा हडतालको घोषणा गरेपछि भट्राई स्नातकोत्तरको अन्तिम वर्षेको परिक्षा विचमै छोडेर आन्दोलमा होमिनुभएको थियो ।

२००६ सालमा सुर्वणशमशेरको प्रजातन्त्र काङ्ग्रेस र नेपाली राष्ट्रिय काङ्ग्रेस मिलेर नेपाली काङ्ग्रेस घोषणा भयो । त्यसपछि काङ्ग्रेसले राणा शासनका विरुद्धमा आन्दोलन गर्ने निर्णय गर्‍यो । भटराई सहितको नेत्तृत्वको सेनाले उदयपुर कडी कब्जा गर्‍यो । त्यसपछि त्यहीं सेनाले जनकपुर र महोत्तरी क्षेत्र पनि कब्जा गर्‍यो । काङग्रेसले सफलता पाउँदै गएपछि राणाहरुले सम्झौताको बाटो लिए । नेपालबाट भागेर गएका राजा त्रिभुवन, नेपाली काङ्ग्रेस र राणाहरुमा त्रिपक्षिय सम्झौता भएपछि २००८ साल असोज १६ गते राजा त्रिभुवनले घोषणा गरेको ३५ सदस्यीय सल्लाहाकार सभाका प्रथम निर्वाचित अध्यक्ष हुनुभयो कृष्ण प्रसाद भट्राई । त्यसवेला उहाँ २६ वर्षको मात्र हुनुहुन्थ्यो । तर यस विचमा अर्को मोड आयो नेपाली राजनीतिमा । २००७ साल फागुन ७ गने नै घोषणा भएको संविधानसभाको चुनाव हुन नसकेपछि काङ्ग्रेस २०१२ सालमा सत्याग्रहमा उत्रियो । र भट्राई त्यसमा सक्रिय सहभागी हुनुहुन्थ्यो । सत्याग्रह नरोकिएपछि सरकारले २०१५ साल फागुन ७ गते चुनाव गर्ने घोषणा गर्‍यो । भट्राई गोर्खाको उत्तरी क्षेत्रको उम्मेदवार हुनभयो । तर उहाँ राष्ट्रिय गोर्खा परिषदका विश्वनाथ भटराई सित हार्नुभयो । तर काङ्ग्रेसले बहुमत प्राप्त गरेकाले काङ्ग्रेसले नै सरकार बनायो र भट्राई सभामुख हुनुभयो ।

तर २०१७ साल पुष १ गते राजा महेन्द्रले सरकार र सदन दुवै खारेज गरेपछ अरु काङ्ग्रेस नेता संगै उहाँ पक्राउ पर्नुभयो । त्यसपछि सुन्दरी जेल र नख्खु जेलमा गरि १० वर्ष लगातार जेलमा बस्नुभयो । जेलमासँगै रहेका विपि कोईरालाहरुलाई छोडे पनि भटराईलाई डेढ वर्षभन्दा बढी नख्खु जेलमा राखियो । जेलबाट छुटेपछि अरु नेता भारततिर लागे पनि भट्राई भने देश भ्रमणमा लाग्नुभयो । देशका पूर्वी भाग गुमेपछि पश्चिमको भमण गर्दै गर्दा भट्टराई २०२९ साउन १८ गते बुटवलमा प्रक्राउ पर्नुभयो । फेरी ३ वर्षभन्दा बढी जेल बसेर भट्राई २०३२ मंसिर २९ गते छुट्नु भयो । २०३३ साल पुस ६ गते विपी नेपाल आउने भएपछि विमानस्थलमा लिन गएका भट्टराई फेरि पक्राउ पर्नुभयो । त्यसपछि झन्डै १० महिना जेलमा बस्नुभयो । त्यसपछि भट्टराई आफ्नो जीवनको १४ वर्षभन्दा बढीसम्म जेलमा विताउनु भयो । विक्रम संवत २०३४ साल कात्तिकमा काङग्रेसका सभापति सुर्वणशमशेरको मृत्युपछि भट्टराई लगातार १४ वर्षसम्म काङ्गेस्रको कार्यवाहाक सभापति हुनुभयो ।

२०४८ साल फागुनको सुरुमा झापामा भएको महाधिवेशनबाट भटराई सभापति हुनुभयो । २०४६ सालको जनआन्दोलनपछि बनेको अन्तरिम सरकारमा प्रधामन्त्रीको रुपमा उहाँले संविधान बनाउने र आम निर्वाचन गराउने काम सफतापूर्वक सम्पन गनुभयो । तर त्यही निवार्चनमा भटराई काठमाण्डु क्षेत्र नम्बर १ बाट पराजित हुनभयो । त्यसपछिको मध्यावधि आमनिर्वाचनमा पनि भटराई पराजित हुनभयो । पछि २०५६ सालमा पर्साबाट प्रतिनिधि सभामा विजयी हुनभयो । त्यसपछि भट्राई बहुमत प्राप्त कांग्रेसको ंसंसदीय दलको नेता भएपछि प्रधानमन्त्री हुन बाटो खुल्यो । तर ११ महिनापछि उहाँले राजिनामा दिनुभयो ।

विभिन्न कारणहरुले बेला बेलामा चर्चामा आईरहने ठट्यौली स्वभावका भट्टराई राजनीति छोडेर पछि आध्यात्मिक चिन्तनमा लाग्नुभयो । दुईपटक प्रधामन्त्री बनेका भट्टराई आर्थिक मामलामा भने चोखै रहनुभयो । प्रधामन्त्री पद छोडेर निस्कदा उहाँले बोकेको छाता र सुरुवालले उहाँको सादा जीवनलाई प्रष्ट पाथ्र्यो । तर दुःखको कुरा उहाँको यो प्रेरणाबाट नेपाली नेताले खासै शिक्षा लिएको पाईन्न्ा । अविवाहित भट्टराई ललितपुर बडिखेलमा सरकारले बनाईदिएको आश्रममा सहयोगी अमिता कपालीसँग बस्दै आउनु भएको थियो । विक्रम संवत २०१२ चैत १६ मा नेपाल पत्रकार महासंघका प्रथम अध्यक्ष पनि हुनभएको थियो उहाँ । उहाँले नेपाल पुकार युगवाणी जस्ता पत्रिकामा सम्पादको काम पनि गर्नुभयो ।

»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस