|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

आज दशैंको दोस्रो दिन, शक्तिपीठहरुमा भीड

२३ असोज,
बडा दशैंको दोस्रो दिन शनिबार देशभरका विभिन्न मठमन्दिर र शक्तिपीठहरुमा देवी ब्रम्हचारीणीको पूजाअर्चना गरेर मनाइँदै छ । शक्तिपीठहरुमा विहानैदेखि दर्शनार्थीहरूको भीड लागेको छ ।आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दशैं पूर्णिमासम्म परम्पराअनुसार दुर्गा भवानीको पूजा आराधना गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ ।
आज पनि काठमाडौं उपत्यकाका नौं वटा शक्तिपीठमा पूजा भइरहेका छन् । राजधानीका तलेजु भवानी, गृहेश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, विजेश्वरी, शोभाभगवती, नक्साल भगवती र भद्रकालीमा दर्शनार्थीहरूको विहानैदेखि भिड लागेको छ ।
यसैगरी राजधानी बाहिरका दाङको अम्बीकेश्वरी, सप्तरीको छिन्नमस्ता, धरानको दन्तकाली, पोखराको विन्धवासिनी, डोटीको शैलेश्वरी, बाग्लुङको कालिका, गोरखाको गोरखकाली, मकवानपुरको चुरियामाई र भुटनदेवीलगायतका मन्दिर र शक्तिपीठहरूमा पनि पूजाआजा भइरहेको छ ।

»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस