|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

रिफ्लेक्ट कक्षा सञ्चालनको तैयारी

पि.एम.मगर,गुल्मी,चैत्र ०९
जिल्ला विकास समिति, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्तर्गत घमिर गाविसमा रिफ्लेक्ट कक्षा सञ्चालनका लागि लक्षित समुदायको भेला सम्पन्न भएको छ । घमिर वार्ड नं. ३ पुरानोकोटमा सम्पन्न भएको भेलामा घमिर गाविसमा लक्षित समुदायमा पहिचान कार्य सम्पन्न भएकाले रिफ्लेक्ट कक्षा सञ्चालनका लागि डिलवहादुर विश्वकर्माको संयोजकत्वमा ७ सदस्यीय व्यवस्थापन समितिको गठन गरिएको छ । समितिको उपसंयोजकमा समसेरवहादुर विश्वकर्मा, सदस्यहरुमा धनी नेपाली, चन्द्रकला वुढाथोकी, टेकवहादुर विश्वकर्मा, सदस्य सचिव सामाजिक परिचालक राजेन्द्र पन्थी र आमन्त्रीत सदस्यमा गाविस सचिव राजु शर्मा रहनुभएको छ । साथै सोही वडामा ३० जना विपन्न सदस्यहरुलाई उक्त रिफ्लेक्ट कक्षामा समावेश गर्नका लागि सदस्य छनौट समेत गरेको छ । गाविस सचिव राजु शर्माको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन सामाजिक परिचालक राजेन्द्र पन्थीले गर्नुभएको थियो ।
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस