हिन्दुहरुको महान पर्व आजदेखि शुरु
गुल्मी २२ असोज
हिन्दूहरुको महान् चाड वडादसँै आजदेखि पन्ध्र दिनसम्म अर्थात् आश्विनशुक्ल प्रतिपदादेखि पूर्णिमासम्म परम्परानुसार दुर्गाभवानीको पूजा-आराधना गरी हर्षोल्लासका साथ मनाइँदैछ । वडादसँैको पहिलो दिन आज बिहान आ-आफ्ना घरको पूजाकोठा तथा दसँैघरमा विधिपूर्वक दियो कलश र गणेशको पूजासहित माटोको पूर्ण घडामा गाईको गोबर टाँसी जौ र मकै रोपेर घटस्थापना गरिएको छ । आज बिहान ९ वजेर ४१ मिनेटमा घटस्थापना विजयादशमीका दिन बिहान ७ वजेर २३ मिनेटमा देवी विसर्जन र बिहान १० वजेर ४३ मिनेटमा टीका लगाउनका लागि शुभ साइत रहॆको नेपाल पाचाङ्ग निर्णायक समितिका अध्यक्ष माधव भट्टराई वताउनुभएको छ । विजयादशमीका दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा अरु फूलको सट्टा समृद्धिको प्रतीक पहँेलो जमरा नै प्रयोग गरिने हुनाले जमरा उमार्न शुद्ध माटो तथा बालुवा प्रयोग गर्ने गरिन्छ । यसरी जमरा राख्दा घटस्थापनाको अघिल्लो दिन नै आ-आफ्ना घर आँगनलाई लिपपोत गरी सिङ्गारेर सफासुग्घर पार्ने प्रचलन छ । असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवीशक्तिको विजयका रुपमा मनाइने यस पर्वअन्तर्गत नवरात्रिका उपलक्ष्यमा आजदेखि नौ दिनसम्म विभिन्न शक्तिपीठ तथा दसैँघरमा प्रत्येक दिन पूजाअर्चनासहित दुर्गा सप्तशती र भगवतीको स्तोत्र पाठ गर्ने गरिन्छ । वडादसैँको सातौँ दिन मलुकभर धार्मिक परम्पराअनुसार फूलपाती भित्रुइने महाअष्टमी र महानवमीका दिन दसैँघर र कोतलगायत विभिन्न शक्तिपीठमा बलिसहित विशेष पूजा गरिने विजयादशमीका दिन नौ दिनसम्म दसैँघरमा दुर्गाभवानीको पूजाआराधना गरी राखिएको जमरासहितको टीका लगाउने र कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गरी साँँझ महालक्ष्मीको पूजा आराधना गरिने प्रचलन छ । यस चाडभर विभिन्न देवदेवीका अतिरिक्त विशेषगरी शक्तिस्वरुपा दुर्गा भवानीको नौंरुप शैलपुत्री ब्रह्मचारिणी चन्द्रघन्टा कुष्माण्डा स्कन्दमाता कात्यायनी कालरात्रि महागौरी र सिद्धिदात्रीको पूजा गरिने भएकाले यो चाड नवदुर्गापूजाका नामले पनि प्रसिद्ध छ । परम्पराअनुसार घटस्थापनाका उपलक्ष्यमा काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैँघरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली महालक्ष्मी महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरुमा पनि देवीको पूजाआराधना हुन्छ । विभिन्न कारणवश आफ्नो मूलघरबाट टाढा रहेका परिवारका सदस्यहरु घर फर्कने क्रम सुरु भएको छ । रासस
pm magar »बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें