गुल्मेली साहित्यीक फाँटका एउटा ताराको निधन
गुल्मी २२ असोज ।
गुल्मेली साहित्यीक फाँटमा गत २४ वर्षदेखि झुल्किरहनुभएका दर्जनौँ कृतिका कवि एवं लोक गायक दलवहादुर अव हामी विच हुनुहुन्न । सदरमुकाम तमघास वार्ड नं। ४ खानीगाउँ निवासी कवि काउछाको गएराती आफ्नै निवासमा ७१ वर्षको उमेरमा दुःखद निधन भएको छ । उहाँ गत एक वर्षदेखि प्यारालाईसिस र सुगर रोगले ग्रसित हुनुहुन्थ्यो । स्वर्गीय काउछाको जन्म वि।सं।१९९६ साल श्रावण २६ गते खानीगाउँमा भएको थियो । २३ वर्षसम्म भारतीय सेनामा रहेर सुवेदर पदमा अवकास लिनुभएका कवि काउछालाई उहाँको कला गला र फरासिलो एवं मिलनसार व्याक्तित्वका कारण उहाँलाई नचिन्ने सायद विरलै होलान् । उक्त रोगले भेट्टाउनु अघि कोट पाईन्ट टाई र चस्मामा सजिएर सदरमुकाम तमघासका विभिन्न कार्यक्रममा सहभागी हुने कवि तथा लोक गायक दलवहादुर काउछाले आफ्ना कला र गलावाट सवैलाई मन्त्रमुग्ध पार्नुहुन्थ्यो । २०५० सालमा वुद्ध जयन्तीको अवसरमा कविता संग्रह साधा कागज वाट आफ्नो साहित्यीक यात्रा शुरु गर्नुभएका काउछाको दर्जनौँ कविता संग्रह र आधा दर्जन लोकगीतका क्यासेट एलवम निस्किसकेका छन् ।
pm magar »बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें