जनताले पाएको उपलब्धी गुम्ने खतराः दाहाल
काठमाडौ, आश्विन २३ -माओवादी अध्यक्ष पुष्पकमल दाहालले नेपाली जनताले पाएको सबै उपलब्धी गुम्ने खतरा बढेको बताएका छन् । दाहालले गणतन्त्र, संघीयता, धर्म निरपेक्षता लगायत उपल्ब्धी गुम्ने खतरा देखिएको दाबी गरेका छन् । शनिबार राजधानीमा आयोजित नेकपा माले सम्बद्ध प्रगतीशील युवा संघका कार्यकतालाई स्वागत गर्दै उनले उपलब्धी समाप्त पार्न देश भित्र र बाहिरका प्रतिगामी शक्तिले अन्तिम षडयन्त्र गरिरहेको जिकीर गरे । शान्ति निर्माण र संविधान निर्माण प्रकृयाको कार्य पनि धरापमा परेको भन्दै उनले दुर्घटना नजिकै पुगेको मुलुकलाई बचाउन सबै एक हुनु पर्ने बताए । प्रतिगामीको षड्यन्त्र असफल पार्न सबै देशभक्त र प्रगतिशील शक्ति एक भएर संघर्ष गनु पर्ने अध्यक्ष दाहालले बताए । कार्यक्रमको अवसरमा प्रगतिशील संघका माहासचिव हरिवंस मैनाली कोषाध्यक्ष रामराज नाथ तथा १९ जना केन्दि्रय सदस्य सहित ६० जना माओवादीमा प्रवेस गरेका छन् । »बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:
एक टिप्पणी भेजें