|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

'मलाई महाराज भन्नुपर्दैन'

काठमाडौं, आश्विन २२ -
पूर्व राजा ज्ञानेन्द्र शाहले आफूलाई 'महाराज' नभने पनि हुने बताएका छन् । आफू नागरिक भइसकेकाले ज्ञानेन्द्र शाह मात्र भने पनि हुने बताए ।सार्वजनिक कार्यक्रममा 'महाराजाधिराज' नै भनिन्छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा पूर्व राजाले भने, 'महाराजाधिराज किन भनिन्छ आयोजकलाई नै सोध्नुस् म त नागरिक भइसकेको छु, मलाई ज्ञानेन्द्र शाहमात्रै भने हुन्छ ।' पूर्व युवराज्ञी हिमानी शाहको गैरसरकारी संस्था 'हिमानी ट्रष्ट'को शुक्रबार सोल्टी होटलमा उदघाटन गर्दै पूर्व राजाले मुलुकको स्थतिमा सुधार ल्याउन सभासद्हरुले चाहेमात्र हुन सक्ने बताए । उनले मुलुकलाई पुरानै स्थितिमा फर्काउन पनि सभासद्हरुले नै चाहनुपर्ने बताए ।
सोल्टी होटलमा आयोजित ट्रष्ट उदघाटनमा राजपरिवार तथा राजावादीको उपस्थिति बढी थियो । संस्थाले स्वास्थ्य, शिक्षा, रोजगार, बालबालिका तथा बृद्धालाई सहयोग गर्ने अभियान सुरु गर्ने कार्यक्रमममा जानकारी दिइयो । संस्थाको संरक्षकमा पूर्व रानी कोमल छिन् । संस्थाको लेटरप्याडमा कोमललाई 'बडामहारानी' भनी लेखिएको छ ।पूर्व युवराज्ञी हिमानी केही समययता सामाजिक काममा सकृय छिन् । दलहरुले सामाजिक कामको बाहनामा पूर्व राजपरिवार सक्रिय हुन लागेको आरोप लगाइरहेका बेला हिमानी 'एनजीओ' खोलेरै सामाजिक काममा लागेकी हुन् ।
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस