|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

नागरिकता नभए पनि मतदान गर्न पाइने

काठमाडौं, (नेस), निर्वाचन आयोग र ४ मधेसवादी दलबीच फोटोसहित मतदाता नामावली संकलन गर्न नागरिकता प्रमाणपत्रलाई आधार मानिएकोमा अब भने नागरिकता नहुनेका हकमा साबिककै मतदाता नामावलीलाई आधार मान्ने शनिबार सहमति भएको छ।

आयोगद्वारा मतदाता नामावली संकलनमा नागरिकता प्रमाणपत्रलाई आधार मानेपछि मधेसवादी दलहरुले त्यसको विरोध गर्दै तराईका जिल्लामा नामावली संकलनमा अवरोध सिर्जना गर्दै आएका थिए। आयोग र मधेसवादी दलबीच शनिबार आयोगको कार्यालयमा भएको छलफलमा सो सहमति भएको आयोगद्वारा जारी वक्तव्यमा उल्लेख छ।

सो छलफलमा आयोगका तर्फबाट सचिव यज्ञप्रसाद गौतम सहसचिवत्रय श्यामसुन्दर शर्मा भूपेन्द्रप्रसाद पौडेल राजेन्द्रप्रसाद शर्मा र उपन्यायाधिवक्ता भरतमणि खनाल रहनुभएको थियो भने मधेसवादी दलहरुका तर्फबाट मधेसी जनअधिकार फोरम लोकतान्त्रिक का मृगेन्द्रकुमारिसंह यादव मधेसी जनअधिकार फोरमका सीताराम अग्रवाल तमलोपाका वृषेशचन्द्र लाल सद्भावना पार्टीका मनीषकुमार सुमन र तमलोपाकै गोविन्द चौधरीको सहभागिता थियो।

साविकको मतदाता नामावलीमा लाखौंको संख्यामा नक्कली मतदाता रहेको स्वयम् आयोगका पदाधिकारीहरुले नै बताएका थिए। शनिबार भएको सहमतिअनुसार मतदाताना नामावली संकलन कार्यमा निर्वाचनसम्बन्धी ऐनहरु अनिवार्य रुपमा पालना गर्ने साविकको मतदाता नामावलीका कुनै व्यक्ति वा निजका बुबाआमाको नाम रहेछ भने स्थानीय ठेगाना र उमेर पुष्टि हुने गरी मतदाता नामावली ऐन २०६३ को दफा ११ बमोजिम पेस भएको प्रमाणको आधारमा मतदाता नामावली संकलन वितरणमा समावेश गर्ने त्यस्तो पनि हुन नसकेको अवस्थामा त्यस्तो व्यक्ति वा निजको आमाबाबुको साविकको मतदाता नामावलीमा नाम भएका गाविस/नपाले स्थायी ठेगाना र उमेर खोली फोटोसहित सिफारिस गरेमा मतदाता नामावली विवरणमा नाम समावेश गर्ने र उपर्युक्तबमोजिम मतदाता नामावलीमा विवरण समावेश गर्न नसक्ने स्थिति देखिए संकलकले कारण खुलाई जानकारी दिने व्यवस्था गर्ने समेत सहमति भएको प्रेषित वक्तव्यमा उल्लेख छ।

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस