|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

जोर विजोर प्रणाली हटाउन माग

गुल्मी असोज १९
मालसामान ढुवानीमा ट्रक ब्यबसायीहरुले लगाउदै आएको जोर बिजोर प्रणाली हटाउन माग गर्दै रुपन्देही तथा गुल्मीका उद्योग सम्बद्ध संघ सस्था र उद्यमी ब्यबसायीहरुले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा ज्ञापन पत्र बुझाएका छन् ।
उनिहरुले जोर बिजोर प्रणाली लागु हुदा महान पर्ब दशैको बेला तोकिएको समयमा माग भएको सामान आपुर्ति गर्न अप्ठ्यारो परेको जनाउदै उक्त प्रणाली खारेजीको माग गर्दै सामान्य तरीकाले ट्रक ढुवानीको ब्यबस्था मिलाउन आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमलाई ज्ञापनपत्र बुझाईएको सिद्धार्थ नगर उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष ऋषिकेश अग्रवालले बताउनुभयो । पश्चिमााचल यातायात व्यवसायी समितीलॆ लागु गरेको जोर बिजोर प्रणाली एक प्रकारको अघोषित सिन्डीकेटकै रुप भएको र
यसबाट ढुवानीका निम्ती संचालनमा हुने गरेका ट्रकको संख्यामा आधा कम हुने भएपछि ढुवानीे साधनको अभावमा ढुवानी भाडा स्वस्फुर्त रुपमा बढन गई मुल्य बृद्धीे हुने र यसको असर आम उपभोक्तामा पर्ने भएकाले ब्यबसायीले खारेजीको माग गर्दै आईरहेका हुन् ।
ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी गौतमले जोरबिजोर प्रणाली हटाउन पहल गर्ने आश्वासन दिनुभएको छ । पश्चिमााचल यातायात ब्यबसायी समितीले भने मालसामान ढुवानीलाई ब्यबस्थीत र बैज्ञानिक गराउन प्रदुषण तथा सडक दुर्घटना कम गराउन जोर बिजोर प्रणाली लागु गरेको र मालसामान ढुवानीमा ट्रकको अभाब श्रृजना नभएको दाबी गरेको छ ।
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस