गुल्मी र अर्घाखाँचीमा पनि अवदेखि लोड्सेडिङ्ग हुने
गुल्मी १९ असौज ।
नेपाल विद्युत प्राधिरणले आज देखि गुल्मी र अर्घाखाँची जिल्लामा हप्तामा ५ घण्टा लोडसेडिङ्ग गर्ने भएको छ । प्राधिरणले गुल्मी अर्घाखाँची जिल्लामा हरेक हप्ताको सोमबार र शनिबार साँझ साँझ ६ देखि साझ साढे ८ सम्म लोडसेडिङ्ग गर्ने जनाएको छ । हिजो बुटबलमा सम्पन्न यस क्षेत्रको विद्युत प्राधिरणका प्रमुखहरुको बैठकले गुल्मी र अर्घाखाँची जिल्लामा पनि लोडसेडिङ्ग गर्ने निर्णय गरेको नेपाल विद्युत प्राधिकरण गुल्मीका प्राविधीक जिवकान्त पाण्डेले बताउनुभयो ।गुल्मी जिल्ला कालीगण्डकी ए प्रभावित जिल्ला भएकोले नेपाल यहाँका स्थानिय बासीन्दाको आन्दोलनका कारण विद्युत प्राधिकरणले लोडसेडिङ्ग नगर्ने बताएपनि फेरी लोडसेडिङ्ग गर्ने भएको छ ।
pm magar
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें