|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

'असफल राष्ट्र बनाउन चाहनेलाई परास्त गर्नुपर्छ'

काठमाडौँ, असोज २३ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष झलनाथ खनालले गणतन्त्रवादी शक्ति र राजतन्त्रवादी शक्तिबीच अझै ध्रुवीकरण जारी रहेको बताउनुभएको छ ।

नेपाललाई असफल राष्ट्र बनाएर आफूले बाजी मार्ने कसरतमा रहेकाहरूलाई शान्ति र संविधान सुनिश्चित गरेरमात्र परास्त गर्न सकिने उहाँले बताउनुभएको छ ।

नेकपा एमाले मजदुर विशेष काठमाडौँ जिल्ला कमिटीको पाँचाँै अधिवेशन शनिबार यहाँ उद्घाटन गर्दै अध्यक्ष खनालले यो विचार व्यक्त गर्नुभएको हो । उहाँले भन्नुभयो, "अन्य दलहरू आˆनो स्वार्थपूर्ति गर्नमात्र तल्लीन रहेकाले राष्ट्रको अस्तित्व बचाउन एमालेले जहाजको क्याप्टेनको भूमिका खेल्नु परेको हो ।" सङ्क्रमणकाललाई सही व्यवस्थापन गर्नसके अग्रगमन र प्रगतिको ढोका खुल्ने तर व्यवस्थापन गर्न नसके देश ठूलो दुर्घटनामा पर्नसक्ने चर्चा गर्दै अध्यक्ष खनालले आफूले संविधानसभा भङ्ग गर्ने भन्ने कुनै अभिव्यक्ति नदिए पनि केही मिडियाले भ्रामक समाचार सम्प्रेषण गरेकोप्रति कडा आपत्ति जनाउनुभयो ।

उहाँले आˆनो पार्टीको अन्तिम लक्ष्य समाजवाद हुँदै साम्यवादमा पुग्ने भए पनि लक्ष्यमा पुग्न कडा चुनौतीको सामना गर्न आवश्यक रहेको तर्क गर्नुभयो । विद्यमान सामन्तवाद, दलाल नोकरशाहीतन्त्र, साम्राज्यवाद तथा यथास्थितिवादलाई चिरेर मात्र समाजवाद हुँदै साम्यवादमा पुग्न सकिने हुनाले त्यसप्रति सबै श्रमिक मजदुरलाई एक भएर सङ्घर्ष गर्न उहाँले आग्रह गर्नुभयो ।

नेपाल ट्रेड युनियन महासङ्घ -जिफन्ट) का अध्यक्ष विष्णु रिमालले काङ्ग्रेस असमानताबीच मजदुरलाई लडाएर धनीलाई अझ धनी र गरिबलाई झन् गरिब बनाउने खेलमा लागेको तथा माओवादी उत्पादक शक्तिको विनाशको बाटोमा लागेर मजदुरलाई रोजगारविहीन अवस्थामा पुर्‍याउने खेलमा लागेकाले एमाले पार्टीमात्र मजदुरको पक्षमा रहेको चर्चा गर्नुभयो ।

एमाले उपत्यका इन्चार्ज राजेन्द्र श्रेष्ठले प्रमुख दलहरूबीचको आपसी झैझगडा र वैमनस्यताकै कारण पूर्वराजा महाराजाहरू सक्रिय भएको बताउनुभयो । मजदुर विशेष जिल्ला कमिटी काठमाडौँका इन्चार्ज विनोद श्रेष्ठले मजदुरलाई सबै राजनीतिक दलले हेपेकाले मजदुर आफँै एक भएर समस्यासँग जुध्न तयार हुनुपर्ने बताउनुभयो ।

कमिटीका अध्यक्ष हरिदत्त जोशीको अध्यक्षतामा भएको कार्यक्रममा कमिटी सदस्य बिना श्रेष्ठले स्वागत गर्नुभएको थियो । कार्यक्रममा एमाले उपत्यका सहइन्चार्ज योगेश भट्टराई, सभासद् बिन्दा पाण्डे, जिफन्टका उपाध्यक्ष उद्धव केसी तथा महासचिव उमेश उपाध्यायसमेतको उपस्थिति थियो । अधिवेशनले कमिटीको नयाँ कार्यसमिति चयन गर्नेछ ।

यसैबीच राससका अनुसार नेकपा -एमाले)का अध्यक्ष झलनाथ खनालले शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा टुङ्ग्याउने र नयाँ संविधान समयमै जारी गर्ने प्रत्याभूति नेपाली काङ्ग्रेसले नगरेकाले प्रधानमन्त्रीको निर्वाचनमा उसलाई भोट नदिएको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, "काङ्ग्रेसका उम्मेदवार रामचन्द्र पौडेलसँग त्यससम्बन्धी कुनै कार्ययोजना नै छैन, किन उहाँलाई भोट दिने ?"

विजया दशमी, तिहार तथा नेपाल संवत्का उपलक्ष्यमा नेकपा -एमाले) ७ नम्बर निर्वाचन क्षेत्रीय सङ्गठन कमिटीद्वारा शनिबार यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सहमतिद्वारा प्रधानमन्त्री चयन गर्न आˆनो पार्टीले प्रयत्न गरिराखेको बताउनुभयो ।

अध्यक्ष खनालले पौडेलले प्रधानमन्त्रीको उम्मेदवार फिर्ता नगरेर मुलुकलाई अनिर्णयको बन्दी बनाएको आरोपसमेत लगाउनुभयो ।

उहाँले एकीकृत नेकपा -माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस