छिट्टै सरकार बन्छः महरा
आश्विन २२ -
बिदेश बिभाग प्रमुख कृष्णबहादुर महराले छिट्टै नयाँ सरकार बन्ने बताएका छन् । कति समयभित्र बन्छ भन्ने कुरा यकिन गर्न नसके पनि उहाले यो गतिरोध लामो समय नरहने उनले दावी गरे ।
क्रान्तिकारी पत्रकार संघले शुक्रबार बिहान घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले निष्कर्षबिहीन चुनावी प्रक्रिया बदल्न अधिकांश दल सहमत भैसकेकाले अब छिट्टै अर्को प्रक्रियामार्फत सरकार बन्ने बिचार व्यक्त गरेका हुन् ।
कसलाई प्रधानमन्त्री बनाउने भन्ने कुरामा आफूहरु केन्द्रीत नभएको जानकारी दिंदै उनले प्रधानमन्त्री चयनको प्रक्रिया बदल्ने कुरामा मात्रै सहमतिको प्रयास खोजिरहेको बताए । उनले एमालेसंग झलनाथ खनाललाई प्रधानमन्त्री बनाउने कुरामा पछिल्लो सहमति नभएको र चुनावी प्रक्रियामा नअल्झने कुरामा मात्रै छलफल भएकोउल्लेख गरे ।
अहिलेसम्म सरकार बन्न नसक्नुमा भारतीय हस्तक्षेप जिम्मेवार रहेको उनको आरोप छ । भारतले निरन्तर हस्तक्षेप गरेकाले सरकार बन्न नसकेको र हस्तक्षेप जारी रहे भारतबिरुद्ध आन्दोलन थालिने पनि उनले बताए । सोलुमा भारतीय राजदुतबिरुद्ध प्रदर्शन गरेपनि जुत्ता प्रहार नगरेको दावी उनले गरे । उनले भारतको सहयोगको बिरोध नगर्ने तर सहयोग सरकारमार्फत दिनुपर्ने बताए ।
»बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें