|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

नेपाली काँग्रेसको चुनावी सन्देश

नेपाली काँग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बनौटबाट नेपालको राष्ट्रिय राजनीतिमा सक्रिय सबभन्दा पुरानो प्रजातान्त्रिक पार्टी र राष्ट्रिय राजनीतिको भविष्यमा के कस्तो असर पर्ला भन्ने अडकल शुरु भएको छ।
६४ वर्ष पुरानो पार्टीमा पहिलो पटक सभापतिमाथि धेरै अंकुश लगाएको केन्द्रीय समितिको बनौट पहिलेको भन्दा एकदमै फरक छ।
उदेक संशोधित विधान अनुसार एक चौथाई मात्र सभापतिका मनोनीत रहने ८५ सदस्यीय केन्द्रीय समितिका निर्वाचित ६४ जनाको पृष्ठभूमिले धेरैलाई उदेक तुल्याएको छ।
चार वर्ष अघि गणतन्त्र ल्याउने आन्दोलनको नयाँ पुस्ताका चर्चित युवा नेता गगन थापालाई सबभन्दा बढी मत दिएर जिताउने महाधिवेशन प्रतिनिधिहरुले विस्थापित राजा ज्ञानेन्द्रसंग धार्मिक कार्यक्रमहरुमा बाबा र स्वामीका साथ देखिने विवादास्पद छवि भएका खुम बहादुर खड्कालाई तेश्रो स्थानमा र अर्का विवादास्पद सुजाता कोइरालालाई छैटौं स्थानमा जिताएका छन्।
आजीवन नेपाली काँग्रेसमा सक्रिय पाका नेता कुल बहादुर गुरुङलाई झण्डै हराएका मतदाताले वर्षौंसम्म पंचायत व्यवस्थासंगको लसपसपछि आफ्नो मातृपार्टीमा फर्केका अर्जुन नरसिंह केसीलाई दोश्रो स्थानमा जिताएका छन्।
केही वर्षअघिसम्म विद्यार्थी राजनीतिमा सक्रिय युवा अगुवाहरुलाई ठूलो संख्यामा जिताएका तिनै मतदाताहरुले आमोद प्रसाद उपाध्याय कृष्णचन्द्र नेपाली र आनन्द प्रसाद ढुंगानाजस्ता पुराना अनुहारलाई मौका दिएका छन्।
परिवारवादलाई प्रोत्साहन दिएको भनी ठूलो आलोचना खेपेका गिरिजाप्रसाद कोइराला दिवंगत भइसकेपछि भएको चुनावमा सभापति सहित कोइराला परिवारका चारजनाले जितेका छन र चारैजनाले पचास प्रतिशत भन्दा बढी मत पाएका छन्।
सभापति सुशील कोइराला र उनका प्रतिद्वन्दी शेर बहादुर देउवाका प्यानललाई लगभग बराबरीमा जिताएर मतदाताले बुध्दिमानी देखाएको तर्क गरिएको छ।
विचलन ? यस्तो नतीजालाई कतिपयले सबैलाई समेट्ने सन्तुलित र परिपक्व निर्णयको संज्ञा दिन सक्छन्।
तर विपरीत विचार छवि र पृष्ठभूमिका नेताहरुलाई एउटै तराजुमा राख्नेर केन्द्रीय समितिमा पठाउनुलाई विचार नीति र सिध्दान्तबाट विचलनको रुपमा पनि हेर्न सकिन्छ।
संशोधित विधानले सभापतिमाथि धेरै अंकुश लगाएको स्थितिमा नीति विचार र सिध्दान्त भन्दा नितान्त व्यक्तिगत आधारमा बनेका प्यानल दीगो हुने कुरामा पनि धेरैलाई शंका छ।

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस