|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

वडादशैको नवौंदिन पाल्पाका शक्तिपीठहरुमा घुइँचो

पाल्पा, आश्विन ३० - वडादशैको नबौदिन महानवमीका दिन आज विहानैदेखि पाल्पाका शक्तिपीठहरुमा देवीको दर्शन गर्ने, पुजाआजा र बलीदिनेको घुँईचो लागेको छ ।

पाल्पाको तानसेन स्थित रणउजीरेश्वरी भगवती मन्दिर, ताँहुको रम्भादेवी, भुवनपोखरीको गोखुङ्गा, केालडाडाको सत्यवती, भैरवस्थान मन्दिरमा श्रद्धालु भक्तजनको बली दिन, देवीको पुजा र दर्शन गर्न घुँईचो लागेको छ ।
जिल्लाका विभिन्न स्थानमा रहेका दुर्गामन्दिर साथै कोटघरमा समेत आज पुजाआजा गर्ने भक्तजनको घुँईचो लागेको छ । प्रहरी, सैनिक व्यारेकमा समेत महानवमीको पुजा भईरहेको छ । पश्चिम पाल्पाको भैरवस्थान मन्दिरमा अष्टमीको दिन यसवर्षकै अत्यधिक भिड भएको व्यवस्थापन समितिले जनाएको छ । महानवमीका दिन पनि विहानैदेखि भक्तजनहरुको घुईचो लागेको व्यवस्थापन समितिका सदस्य धनबहादुर रायमाझीले जनाएको छ ।
भैरवस्थान मन्दिरमा श्रद्धालु भक्तजन दर्शन गर्न र भाकल अनुसारको बली दिन विगतवर्षमा भन्दा यस वर्ष देाव्वर आएका छन् । मनोकांक्षा पुरा हुने विश्वासमा भैरवस्थान मन्दिरमा पुजा गर्न आउने गर्छन् । मन्दिरमा बाहै्र महिना पुजा हुने भएपनि वडादशैको नवरथामा अत्यधिक भिड हुनेगर्छ ।

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस