गुल्मीमा झण्डै एक अरब रेमिटेन्स भित्रियो
हाम्रोगुल्मी संपादक >>> गुल्मी २८ असोज । गत तीजदेखि दशैंसम्म गुल्मी जिल्लामा झण्डै एक अरब
रेमिट्यान्स भित्रिएको छ । सदरमुकाम तम्घासका विभिन्न बैंकहरुमा गत श्रावण देखि हिजो सम्म विभिन्न बैक मार्फत कुल ९४ करोड ५९ लाख १७ हजार १ सय ६३ रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । रेसुङ्गा विकास बैंक प्रधान
कार्यालय तम्घास गुल्मीका महाप्रबन्धक साजन भट्टराईले दिएको जानकारी अनुसार उक्त बैकबाट मात्रै गत साउन देखि हिजोसम्म ८ हजार ७ सय ५ जनाले विभिन्न मुलुकबाट कुल ४० करोड ९ लाख १७ हजार १ सय ६३ रुपैयाँ पठाएका छन्।
सो बैंक मार्फत गत एक महिनामा मात्रै १२ करोड ९० लाख ३७ हजार ५ सय ९९
रुपैयाँ रेमिट्यान्स भित्रिएको उहाँले बताउनुभयो ।
त्यस्तै गुल्मी बिकास बैंक प्रधान कार्यालय तम्घासका वरिष्ठ अधिकृत योगेन्द्र रायमाझिले दिएको जानकारी अनुसार सो बैंकमार्फत गत तीन महिनामा करिब ३० करोड रेमिटेन्स भित्रिएको छ । गत एक महिनामा मात्रै ११ करोड
रेमिटेन्स भित्रिएको उहाँले बताउनुभयो । तीन महिनाको अवधीमा राष्ट्रिय वाणिज्य वैँक शाखा कार्यालय गुल्मी मार्फत १९ करोड ७२ लाख ४५ हजार ९ सय ४८ रुपैयाँ रेमिट्रान्सको भित्रिएको शाखा प्रवन्धक रुक्माङ्गत मुडवारीले
वताउनुभयो । जिल्लाकै पुरानो सेन्चुरी इन्टरनेशनल मनि ट्रान्सफर तम्घासका प्रबन्धक तेजेन्द्र कुमार श्रेष्ठले दिएको जानकारी अनुसार गत तिन महिनामा उक्त मनि ट्रान्सफर मार्फत १२ करोड रेमिटेन्स भित्रिएको छ । गत १ महिनामा
मात्रै सो सेन्टरमा करिब साढे ४ करोड रेमिटेन्स भित्रिएको उहाँले बताउनुभयो । त्यस्तै हिमालय बैंक लिमिटेडको गुल्मी जिल्ला शाखा प्रबन्धक यमकला पाण्डेले दिएको जानकारी अनुसार हिमाल रेमिट मार्फत गत ३ महिनामा ७
करोड ५० लाख रेमिट भित्रिएको छ । गत एक महिनामा मात्रै सो रेमिटमा २ करोड ४८ लाख ५० हजार ४० रुपैया रेमिटेन्स भित्रिएको उहाँले बताउनुभयो । जिल्लामा पहिलो पटक एटिएम सेवा सहित बैंङ्किङ सेवा सुरु गरेको नेपाल
एसविआई बैक लिमिटेड गुल्मी शाखामा भारतबाट एटिएम मार्फत गत ३ महिनामा ५ करोड रेमिट भित्रिएको सो बैकका प्रबन्धक सुमन सुवेदीले बताउनुभयो । गत आइतबार एकैदिनमा भारतबाट ४० लाख रेमिट एटिएम मार्फत सम्बन्धितले झिकेको उहाँले जानकारी गराउनुभयो । यि बैकहरु मार्फत भित्रिएको रकम बाटै झण्डै
एक अरब रेमिटेन्स भित्रिएको हो । यसबाहेक जिल्लाका रिडी वामिटक्सार लगायतका स्थानमा पनि अन्य वित्तिय संस्थाहरुबाट पनि रेमिटेन्स भित्रिनेगरेको छ ।
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें