वेपत्ता वालक अझै फेला परेनन्
गुल्मी २० असोज
गुल्मीको खज्र्याङ्ग गाविसबाट १४ वर्षका बालक हिँजोदेखि बेपत्ता भएका छन् । खज्र्याङ्ग २ विरौटा बस्ने जयराम घर्तिको छोरा वर्ष १४ को अनिल खत्री हिँजोदेखि बेपत्ता भएको भन्दै अविभावकले खोजीकालागी आग्रह गरेका छन् । आत्मबोध उच्च मावि मानकोटमा कक्षा ७ मा पढ्ने घर्ति स्कूलको हिँजो घरबाट विद्यालय जानको लागि हिँडेको तर विद्यालय पनि नगएको र घर पनि नफर्केको अविभावकले बताएका छन् विद्यालयको ड्रेस सेतो सर्ट र कालो पाईण्ट लगाएका बालक कतै पनि आफन्तकोमा पनि नगएकोले खोजीका लागी सहयोग गरीदिन उनका अविभावकहरुले आग्रह गरेको हाम्रा सहकर्मी कालीदास आत्रेयले जनाउनु भएको छ । »बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें