सहमति कार्यान्वयन नगरेको भन्दै विद्युत प्राधिकरणमा अनिश्चितकालीन तालावन्दी
गुल्मी २० असोज ।
विगतका सहमति कार्यान्वयनमा विद्युत प्राधिकरण गुल्मीले कुनै चासो नदेखाएको भन्दै गुल्मीका विभिन्न सरोकारवाला संघ संस्थाहरुले आज विद्युत प्राधिकरण गुल्मीको कार्यालयमा अनिश्चित कालीन तालावन्दी गरेका छन् । नेपाल विद्युत प्राधिरणले काली गण्डकी ए प्रभावित गुल्मी जिल्लालाई लोडसेडिङ्ग मुक्त जिल्ला घोषणा गर्ने र सम्पूर्ण समस्याहरु सुधार गर्ने प्रतिवद्धता जनाएपनि सुधार नगरेपछि गुल्मी उद्योग वाणिज्य संघ नेपाल पत्रकार महासंघ र नेपाल नागरीक समाजको नेतृत्वमा ज्ञापन पत्र वुझाउँदै तालावन्दी गि।रएको छ । विगतमा पटकपटक भएका सहमति कार्यान्वयन गरेर विद्युत नियमित गर्नुको सट्टा विद्युत प्राधिकरणले जनतालाई फेरी लोडसेडिङ्गको समस्या थपेपछि आन्दोलनमा उत्रिन वाध्य भएको गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद भण्डारीले वताउनुभएको छ । गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष कृष्णप्रसाद भण्डारी नेपाल पत्रकार महासंघका सभापति जनार्दन घिमिर र नेपाल नागरीक समाज गुल्मीका कोषाध्यक्ष रेशम कुवँरद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा आफुहरुको मागप्रति सुनुवाई नभए आन्दोलनका थप कार्यक्रमहरु अगाडी वढाउने जनाईएको छ । विगतमा पटक पटक गुल्मी उद्योग वाणिज्य संघ पत्रकार महाँसँघ लगायतका अन्य सरोकारवालाहरुले ध्यानाकर्षण गराउँदा प्राधिकरणले समस्या सुधार गर्ने प्रतिवद्धता जनाएको थियो । गतवर्ष कार्तिक १२ गते विद्युत प्राधिरणका क्षेत्रीय निर्देशक सुवास दाहालले गुल्मी काली गण्डकी ए प्रभावित जिल्ला भएकोले लोडसेडिङ्ग मुक्त गर्ने प्रतिवद्धता जनाए पनि अहिलेसम्म कार्यान्वयन गर्न नसकेको बाणीज्य संघका सचिव ताराप्रसाद भुसालले बताउनुभयो ।
नेपाल विद्युत प्राधिकरणको हेलचेक्र्याईँका कारण दैनिक रुपमा ३०-४० पटकसम्म अनियमित रुपमा विद्युत अबरुद्ध भैरहेको र त्यसमाथी हिँजोदेखि लोडसेडिङ्ग पनि गर्न थालेपनि यहाँका व्यापार व्याबसाय साचारमाध्यम बैङ्क तथा वित्तीय संघसंस्थाहरु कम्यूटर ईन्स्टच्यूटहरुमा नराम्रो असर परेको छ । आफुहरुको माग पुरा नभएसम्म ताला नखोल्ने उनीहरुले वताएका छन् । »बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें