गाउँलेको कुटाईबाट एकको मृत्यु
आश्विन २० -
उदयपुरको बसहा गाविस-४ भोर्लेनीमा मंगलबार राति एक एक युवकको हत्या भएको छ । स्थानीय रुकमिणा राईलाई बलत्कार गर्न खोजेको भन्दै गाउँलेको कुटाईबाट ३९ वर्षीय उदिम राईको मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिटबाट घाइते भएका राईको उपचार गर्न लादै गर्दा बाटोमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक मनोज यादवले वताए ।राईको हत्यामा संलग्न भएको भन्दै १४ जना स्थानीयलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक यादवले वताए । राई हत्यामा संलग्न भएको आरोपमा स्थानीय बलबहादुर विक, मिलन राई , रामकुमार राईलाई सप्तरीको फत्तेपुरमा पक्राउ गरिएको यादवले वताए ।
त्यसैगरी सितारामा बिष्ट, सागर थापा, शिलास राई, शम्भु परियार, रमेश विक, सिजन राई, भिमकुमार राई, राजन कार्की, चन्दीप विक ,सुन्दर राई र कुमार राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ गरिएका मध्ये बलबहादुर, मिलन र रामकुमार फत्तेपुर प्रहरी चौकी र अन्यलाई इलाका प्रहरी कार्यालय बेल्टारको हिरासतमा राखिएको छ । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यलालयमा ल्याएपछि अनुसन्धान सुरु गरिने प्रहरी नायव उपरीक्षक यादवले वताए ।
मृतका राईको शव पोष्टर्माटमकोलागी जिल्ला अस्पताल उदयपुरमा राखिएको छ । शव पोष्टर्माटमपछि आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ ।
»बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें