जीप दुर्घटनामा मृत्यु हुने १४ पुगे
म्याग्दी, आश्विन २० -
मुक्तिनाथ दर्शन तथा कागवेनीमा पितृलाई श्राद्ध गर्न हिंडेका तीर्थयात्री लिएर मुस्ताङ्गतर्फ हिंडेको जीप बेनी-जोमसोम सडकको बाँदरजुंग भीरबाट तल कालीगण्डकी नदीमा खस्दा चालक समेत १४ यात्रुको मृत्यु भएको छ ।दुई घाइते छन् ।
दुर्घटनापरि सूर्यमति-४ नुवाकोटका सहचालक सविन राई, दाना म्याग्दीका चालक गोपाल खोरजा, पोखरा उप महानगरपालिका-१८ भेरीफारमकी सविना बानिया, सोही ठाउँका चिमबहादुर भुजेल र उनकी श्रीमती सरस्वती भुजेलको मृत्यु भएको छ । यसैगरी मुस्ताङ्ग टुक्चेकी सलिस्मा थकाली, सोही ठाउँका कल्साङ्ग थकाली, पयुंपाटा-१ बाग्लुङ्गका प्रकाश शर्मा पौडेल, जुना शर्मा, लिला शर्मा र दामोदरी उपध्यायको पनि ज्यान गएको छ । तीन जनाको सनाखत हुन सकेको छैन ।
दुर्घटनामा पोखरा उनपा-१८ भेडीफारमका तोत्र बानिया र पोखरा उनपा नागढुङ्गकी सुस्मीता थकाली घाइते भएका छन् । घाइते थकालीको जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको छ । दुर्घटनामा मृत्यु हुनेको शव सदरमुकाम ल्याउदै गरेको प्रहरीले जनाएको छ ।
घटनास्थल बांदरजुंङ्गभीर बेनीदेखी ३७ किमी उत्तरमा दाना गाविस-९ काप्रे नजिक पर्छ । बेनीबाट तीर्थयात्रुले रिजर्भ गरि लगेको ध १ ज ४९ नम्बरको जीप विहान १.३० बजे दुर्घटनामा परेको हो ।
»बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें