|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

तीन नेपाली माओवादी कार्यकर्तामाथि भारतीय प्रहरीद्वारा मुद्दा

परासी, कार्तिक २ - भारतमागई भारतीय माओवादीसंग मिलेर विभिन्न गतिविधि गर्दै आएको आरोपमा नेपाली माओवादी कार्यकर्तामाथि भारतीय प्रहरीले मुद्दा चलाएको छ । सिमा सुरक्षा बल -एस.एस.बी)ले पक्राउ गरि भारतको बाल्मिकी नगर प्रहरीले तीन जना नेपाली माओवादी कार्यकर्ता माथि फौजदारी अभियोगमा मुद्दा चलाएको हो । भारतीय माओवादीको पर्चा सहित भारत विहार पश्चिमी चम्पान जिल्ला बाल्मिकीनगर नाकाको भैसालोटनबाट नेपाल र्फकदै गर्दा नवलपरासी पसौनी गाविस ३ बस्ने गाउं स्तरका तीन जना माओवादी कार्यकर्तालाई एसएसबीले पक्राउ गरि भारतीय प्रहरीलाई असोज २८ गते नै बुझाएको हो । पक्राउ पर्नेमा कविन्द्र चौधरी, बलिराम थारु र जितबहादुर चौधरी रहेका छन । उनीहरुलाई भारतीय प्रहरीले फौजदारी कानुनको दफा १७ सि एल बमोजिम मुददा चलाई पुर्वपक्षका लागी थुनामा राख्न वगहा जेल चलान समेत गरिसकेको प्रहरीले जनाएको छ ।भारतीय माओवादी कार्यकर्ताको पर्चा र मोटरसाईकल सहित पक्राउ पर्ने नेपाली माओवादीले भारतको विभिन्न स्थानमा माओवादी कार्यकर्तालाई सैन्य तालिम दिदै आएको दाबी भारतिय प्रहरीको रहेको छ । प्रहरीले उनीहरुलाई जालझेल गरि पक्राउ गरि जेल चलान गरेको माओवादी नवलपरासीको भनाई रहेको छ । औषधी गराउन गएको बेला उनीहरुलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले पक्राउ गरेको चौधरीका परिवारले दाबी गरे । उनीहरुको रिहाईका लागी पहल गरिदिन मानवअधिकार संघसंस्थाहरुसंग आग्रह गरेका छन । राती साढे सात बजे बाल्मिकीनगरको गण्डक ब्यारेज चेकपोष्टमा एसएसबीले चेकजांच गर्ने क्रममा नेपाली माओवादीको परिचयपत्र र भारतीय माओवादीको पर्चा भेटिएकोले उनीहरुलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस