|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

गायक अब अभिनेता

आश्विन १८ -
फिल्मको हिरो भनेपछि धेरैको दिमागमा राजेश हमालको चित्र घुम्न थाल्छ । दुई दशकदेखि नायकमा एकछत्र राज गरेर 'महानायक' बनेका हमालको गेटअपको कमाललाई चुनौती दिँदै जोखिमपूर्ण दृश्य दिँदै पछिल्लो समय एक्सन हिरोको छविमा निखिल उप्रेतीले दर्शकमा फरक तस्बिर बनाए । त्यसपछि हमालको दबदबालाई अन्य हिरोहरूले पनि धमिलो पारे । हिरो हेरेर फिल्म चल्ने यहाँका दर्शक बिस्तारै पात्र-चरित्रमा भिज्न थालेपछि नयाँ हिरोहरूको पनि फिल्मक्षेत्रमा प्रवेश हुन थालेको छ । फिल्ममा गेटअप र ट्याइँफ्याइँलाई भन्दा अभिनयलाई महत्त्व दिइन थालेपछि नाट्य कलाकारदेखि चरित्र सुहाउँदो फरक क्षेत्रका पनि हिरो हुन थालेका हुन् । यसै मेसोमा एकजोडी गायकहरू हिरोको रूपमा नेपाली फिल्ममा देखिँदैछन् । मंसिरको पहिलो सातादेखि रिलिज गरिने बताइएको फिल्म 'बाटोमुनिको फूल'बाट गायकद्वय बाबु बोगटी र यशकुमारले हिरोमा डेब्यु गर्दै छन् ।

'गायकको रूपमा एकखाले स्टाटस त थियो नै, तर यो फिल्मको लागि हामी -गायक) नै जरुरी भयो र खेलेका हौं,' यशकुमारले दुवैको बोली बोल्दै हिरो हुनुको कारण दिए । त्यसो त सुरज सुब्बा 'नाल्बो'ले निर्देशन गरेको फिल्म 'बाटोमुनिको फूल'को कथा यशले नै लेेखेका हुन् । उनकै गीत तथा संगीत पनि रहेको उक्त फिल्ममा उनी बाबुको दाजुका रूपमा देखिनेछन् । वास्तविक जीवनसँग नै मिल्दोजुल्दो लाग्ने फिल्मको कथामा दुवै 'लोकल' गायक ब्यान्ड बनाएर चर्चामा आउने प्रयासमा हुन्छन् । 'तर फिल्ममा सांगीतिक विषय मात्रै छैन,' लेखकले भने ।

केही टेलिफिल्म र म्युजिक भिडियोमा देखिइसकेका गायक बोगटीले फिल्म खेल्दाको अनुभव पृथक रहेको सुनाए । 'फाइट गर्न साह्रै गाह्रो भयो, जीवनमा कहिल्यै गेम समेत नखेलेको मान्छे, फाइट गर्दा शरीर झट्केर अति दुःख पाएँ ।' 'नबिर्सें तिमीलाई नपाएँ तिमीलाई'मा समेत खेल्दै गरेका बोगटीले फाइट कला नभएकाले समस्या आएको ठहर गर्दै भने, 'अब त्यो पनि सिक्नुपर्ला, के गर्ने हिरो भइसकेपछि कुनै दिन एक्सन फिल्ममा खेल्न अफर आयो भने पछि हट्नु त भएन नि ।'

यशकुमारले भने कथाअनुरूप चरित्र निर्वाह गर्दा पहिलो पटकको 'क्यामेरा फेस' अनुभव सुखद नै भएको बताए । 'हामीले एक्सन-कटको फम्र्याटमा घोकेर संवाद बोल्नु परेन' उनले कथाको आशय नबिग्रने गरी बोलीचालीकै भाषामा संवाद गरेकाले फरक अनुभव नगरेको सुनाए ।

'तर फिल्ममा नाच्नुपर्ने भएपछि एकपटक साह्रै गाह्रो पर्‍यो,' स्टेज पर्फमेन्स दिँदा समेत कहिल्यै कम्मर नमर्काएका यी गायकको कमजोरीलाई चिनेरै निर्देशकले पनि फिल्ममा नाच्न नजान्ने नै बनाएर प्रस्तुत गरिंदिएपछि राहत पाएका

रहेछन् । त्यसो त उनलाई फिल्ममा आफ्नो जोडी बनेकी हिरोइन रेखा थापाले पनि धेरै सघाएकाले सजिलो भएको बताउँछन् ।

बाबुले फिल्म सफल हुने/नहुने हलमा लागेपछि मात्रै थाहा हुने भए पनि आफू भने 'बाटोमुनिको फूल'बाट आशावादी रहेको बताउँछन् । 'फिल्म विषयवस्तुमा मसलेदार र प्राविधिक रूपमा उत्कृष्ट भएकोले सबैखाले दर्शकलाई मन पर्न सक्छ ।' ठूलो लगानीमा बनाइएको निर्माण पक्षको दाबी रहेको फिल्मको ध्वनि र दृश्यमा गुणस्तर दिन खोजिएको छ । फिल्मका कार्यकारी निर्माता राजेश घतानीका अनुसार हाल फिल्मको पोस्टप्रोडक्सन भइरहेको छ ।

आफ्नो हिरो बन्ने चाहना 'बाटोमुनिको फूल'ले पूरा मात्रै नगरी अरू फिल्म खेल्ने चाहनालाई पनि बढाइदिएको बाबु मान्छन् । यश भने आफू -गायक) सुहाउँदो अफर आयो भने हिरो बन्ने सम्भावनालाई नकार्दैनन् । तर दुवै गायकको समान धारणा छ, 'हामी गायक नै हौं, यसमै हाम्रो परिचय छ, कसैसँग प्रतिस्पर्धा गर्न हिरो बनेको होइन ।' उनीहरू 'हिरो'को अर्थ हिरोइनसँग अँगालो मार्नु नभई पात्रको अस्तित्वलाई बचाउनु मान्छन् । जे होस्, उनीहरूले माने पनि नमाने पनि मंसिरदेखि दर्शकले यी गायकलाई हिरोको रूपमा पाउने पक्का छ ।



»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस