१३ वर्षदेखि नङ नकाटी हेरविचार
१९ असोज,चीनको फुजियान प्रान्त निवासी ४१ वर्षीय वेन जियानले आफ्नो बायाँ हातको नङ १३ वर्षदेखि काटेका छैनन् । उनको सबै औँलाको नङको लम्बाइ बराबर छैन ।सबैभन्दा लामो नङको लम्बाई ३५ सेमि अर्थात् १४ इन्च छ । राति सुत्दा नङलाई भाँचिनबाट बचाउन १३ वर्षदेखि उनी बायाँ हात जुत्ता राख्ने बाकसमा छिराएर सुत्ने गरेका छन् ।
यतिखेर केटाकेटीको लुगा पसल चलाएर बसेका उनले आफ्नो रिस नियन्त्रण गर्न नङ पालेको बताएका छन् । बाल्यकालदेखि जोसित पनि झगडा गर्ने रिसाहा स्वभावका उनले नङकै कारण त्यसपछि झगडा गर्नु नपरेको दाबी गरेका छन् ।
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:
एक टिप्पणी भेजें