ट्रकको ठक्करबाट महिलाको मृत्यु
१९ असोज,
परासी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको माकर-४ बर्दघाटमा मिनी ट्रकको ठक्करबाट मङ्गलबार विहान एक महिलाको मृत्यु भएको छ ।पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना २ ख ९३९६ नम्बरको मिनी ट्रकले विहान साढे ५ बजे ठक्कर दिदा अन्दाजी ५५ वर्षीया मानसिक सन्तुलन ठीक नभएकी महिलाको घटनास्थलमै ज्यान गएको हो । ती महिलाको सनाखत हुन नसकेको नवलपरासी प्रहरीले जनाएको छ ।
त्यस्तै पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना अ ञ २३१८ नम्बरको जीप मुकुन्दपुर गाविसको हर्कपुरमा अनियन्त्रित भई सडक छेउँमा पल्टिदा चालक प्रकाश न्यौपानेसहित चार जना घाईते भएका छन् । घाईतेहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
ट्रक दुर्घटनामा १० जना घाइते
यसैबीच दाङमा आज बिहान भएको ट्रक दुर्घटनामा १० जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अबस्था गम्भीर छ ।
बाँकेको नेपालगन्जबाट दाङको घोराहीका लागि छुटेको रा १ ख ३७९ नम्बरको ट्रक पूर्वपश्चिम राजमार्गको सतबरीया गाविस-३ कप्तानगन्जमा पल्टिएको हो ।
दुर्घटनामा बाँके नेपालगन्ज निबासी ३९ बर्षीय पवन ठाकुर, सोही ठाउँका ४४ बर्षीय मोहन मतियार, ४५ बर्षीय स्माइल हलुवाइ र ३४ बर्षीय रामजन अलि गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको दाङको देउखुरीस्थित सामुदायीक अस्पताल लमहीमा प्रारम्भीक उपचारपछि थप उपचारका लागि जिल्ला बाहिर रिफर गरीएको ईलाका प्रहरी कार्यालय लमहीले जनाएको छ ।
सामान्य घाइते बाँके नेपालगन्जका लक्षीत धोबि, महेन्द्र राई, मन लोनिया, रोबित राई, नसिब राई र सल्यान धनबाङ-७ निबासी तेज ऐरीको भने सामुदायीक अस्पताल लमहीमा उपचार भैरहेको छ
»बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें