गुल्मीमा काग सम्मेलन
हाम्रोगुल्मी संपादक >>> गुल्मी १८ कार्तिक । समयमा संविधान निर्माणको माग गर्दै सभासद्हरुलाई दवाव दिने उद्देश्यले आज काग तीहारको अवशरमा गुल्मीमा काग सम्मेलनको आयोजना गरियो । नेपाल पत्रकार महासंघ गुल्मी र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीको संयुक्त आयोजनामा सदरमुकामको चिदिचौरमा उक्त काग सम्मेलन गरिएको थियो । उक्त अवशरमा मुख र नाकवाट १ सय ५९ ओटा स्वर निकाल्ने कलाकार रमेश दुलालले कागलाई कागको भाषामा बोलाएर काग जम्मा गर्नु भएको थियो । सोही अवशरमा उहाँले विभिन्न जनावर चरा चुरुङ्गीवाद्यवादन लगायतका आवाजहरु निकालेर मनोराजन दिनु भएको थियो । समयमा संविधान जारी गर्नकोलागि दवाव स्वरुप काग तिहारको अवशर पारेर गुल्मीमा आफुले उक्त काग सम्मेलन गरेको वताउनु भयो । दुलालले तीहार लगत्तै आफुले संविधान सभा भवन अगाडि काग सम्मेलन गरि ३० हजार भन्दा वढी कागहरु जम्मा गर्ने समेत जानकारी दिनु भएको छ । काग सम्मेलन हेर्नका लागि गुल्मीको सदरमुकाममा रहेका सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधि ब्यापारी समाजसेवी बुद्धिजीवी पत्रकार स्थानीयवासी सुरक्षा निकायका कर्मचारी लगायत मानिसहरुको बाक्लो उपस्थिति रहेको थियो । उक्त सम्मेलन पछि कागको भाषा बोलेर कागलाई बोलाउनु भएका कलाकार दुलाललाई आयोजकहरुले माला लगाई दिएर सम्मान गरेका थिए ।
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें