|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

बम पड्काएर माछा मार्ने पक्राउ

गुल्मी मंसिर १....
वम पड्काएर माछा मार्ने कार्यमा संलग्न ६ जना व्याक्तिलाई गुल्मीको जोहाङ प्रहरी चौकीले पक्राउ गरी अनुसन्धान पछि तारेखमा छाडेको छ । कार्तिक २५ गते वडिघाट खोलामा माछा मार्ने क्रममा हातमै वम पड्किएर अस्लेवा गाविसका एक व्याक्ति गम्भिर घाईते भएपछि सोही घटनाको अनुसन्धानको क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा वम्घा गाविस वार्ड नं. १ का वुद्धवहादुर माझी र राजकुमार माझी, सोही गाविस वार्ड नं. २ का विरवहादुर माझी, कृष्णवहादुर माझी, सन्तवहादुर माझी र अनुष माझी रहेका छन् । उनीहरुलाई प्रारम्भिक अनुसन्धानपछि तारेखमा छाडिएको जोहाङ प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक रामवहादुर वानियाँले वताउनुभएको छ ।कार्तिक २५ गते वम पड्काएर सामुहिक रुपमा माछा मार्ने क्रममा हातमै वम पड्किँदा अस्लेवा गाविस ६ का मनवहादुर माझी गम्भिर घाईते भएका थिए भने उनी संगै रहेका ६ जना व्याक्तिहरु भने घाईतेलाई छोडी भागेका थिए ।वेवारिसे अवस्थामा रहेका घाईते मनवहादुरलाई प्रहरीको सहयोगमा जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि पाल्पा स्थित मिसन अस्पताल रिफर गरिएको थियो । अहिले घाईते मनवहादुर माझीको सोही अस्पतालमा उपचार भईरहेको छ ।

»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस