|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

अमेरिकामा नेपाली विद्यार्थी एघारौं स्थानमा

कार्तिक ३० न्यु ह्याम्सर (अमेरिका),
अमेरिकामा पढिरहेका अरु देशका विद्यार्थीको संख्या विश्लेषण गर्दै सोमबार प्रकाशित एक प्रतिवेदनले नेपाल एघारौं स्थानमा रहेको देखाएको छ । इन्स्टिच्युट अफ इन्टरनेसनल एजुकेसन नामक संस्थाद्वारा प्रकाशित ओपन डुअर्स प्रतिवेदनले सन् २००८/००९ का तुलनामा ३ प्रतिशत विद्यार्थी घटेर पनि सन् २००९/०१० को शैक्षिक सत्रमा नेपाली विद्यार्थी संख्या ११ हजार २ सय ३३ छ।

अमेरिकामा चीनका विद्यार्थी सबभन्दा बढी छन् भने भारत दोस्रो छ। सन् २००९/०१० मा चीन र भारतका विद्यार्थी क्रमश १ लाख २७ हजार ६२८ र १ लाख ४ हजार ८९७ छन् । तेस्रो स्थानबाट दशौंतर्फ क्रमश दक्षिण कोरियाका ७२ हजार १५३, क्यानडाका २८ हजार १४५, ताइवानका २६ हजार ६८५, जापानका २४ हजार ८४२, साउदी अरबियाका १५ हजार ८१०, मेक्सिकोका १३ हजार ४५०, भियतनाम १३ हजार ११२, टर्किका १२ हजार ३९७ छन् ।

११ औं स्थानको नेपाललाई जर्मनी, बेलायत, ब्राजिल, थाइल्यान्ड, हङकङ, फ्रान्स, इन्डोनेसिया, कोलम्बिया, नाइजेरिया, मलेसिया, केन्या, पाकिस्तान, भेनेजुयलाले पछ्याएका छन् । २५ औं स्थानमा रुस छ ।
ओपन डुअर्स प्रतिवेदनका अनुसार सन् २००९/०१० मा अमेरिकामा कुल ६ लाख ९० हजार ९२३ विदेशी विद्यार्थी छन्। इन्स्टिच्युट अफ इन्टरनेसनल एजुकेसनका अध्यक्ष एलान गुडम्यान भन्छन्, 'विश्वमा सबभन्दा बढी विदेशी विद्यार्थी भित्र्याउने देश पनि अमेरिका नै हो ।'

नेपाल सरकार, शिक्षा मन्त्रालयका अनुसार सन् २०१० जनवरी १५ बाट सेप्टेम्बर १६ सम्म विश्वका विभिन्न ४५ देशमा ६ हजार ९४८ नेपाली विद्यार्थी गएको छ ।

प्रकाशित मिति: २०६७ कार्तिक ३० ११:००

»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस