फुल अभावका कारण कागजी मालाहरुको विक्री वढ्दो
हाम्रोगुल्मी संपादक गुल्मी २० कार्तिक । गाउ घरमा फूलको अभाव भएका कारण यतिवेला गुल्मीको सदरमुकाम तम्घासमा प्लास्टीक र जर्री कागजका मालाहरुको विक्री निकै वढेको छ ।
जिल्लामा गत एक हप्तामा झण्डै ५ लाख रकम भन्दा वढि मुल्यको जर्री मालाहरु भित्रिएको व्यावसायीहरुले वताएका छन् । वुटवल स्थित अकिरा गिफ्ट हाउस अप्सरा स्टोर लगायतका अधिकृत विक्रेताहरुसंग सम्पर्क राख्दा गुल्मीमा उक्त रकम वरावरको माला भित्रीएको जानकारी प्राप्त भएको हो । त्यस्तै नारायणगढ र विराटनगरवाट समेत गुल्मीमा जर्री माला भित्रीने गरेको तम्घासस्थित सनम ईन्टर प्राइजेजका प्रो। सागीर अलि सुवानीले वताउनुभयो । उंहाले आफ्नो पसलमा मात्रै नारायणगढ र विराटनगरवाट करिव ६०÷७० हजारको जर्री माला यसपालीको तिहारमा मगाएको वताउनुभयो ।
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें