घाईते वालकको वयानका आधारमा डेटोनेटर सहित एक व्याक्ति पक्राउ पटका पड्कन छाडेन
हाम्रो गुल्मी संपादक >>> गुल्मी २० कार्तिक । गत कार्तिक १४ गते डेटोनेटर विष्फोटनवाट घाईते भएका गुल्मीको दर्लामचौरका वालकले दिएको वयानका आधारमा एक जना व्याक्ति डेटोनेटर सहित पक्राउ परेका छन् । यसरी पक्राउ पर्नेमा सोही गाविस वार्ड नं ९ का रुमाकान्त कुमाल रहेका छन् । घाईते वालक १५ वर्षीय छविलाल कुमालले दिएको वयानका आधारमा अनुसन्धान गर्ने क्रममा रुमाकान्तलाई उनकै घरमा थप एक थान डेटोनेटर सहित प्रहरीले पक्राउ गरेको हो । कार्तिक १४ गते छल्दी पनाहा खोलामा नुहाउन गएको वेला रुमाकान्त कुमालको खल्तीमा रहेको डेटोनेटर झिकेर खेलाउने क्रममा विष्फोट भएको भन्ने घाईते वालकले प्रहरीसमक्ष वयान दिएपछि धनार्जे प्रहरीचौकीले अनुसन्धान थालेको थियो । पक्राउ परेका रुमाकान्त कुमाललाई घरमा विष्ष्फोटक पदार्थ राखेकोले थप अनुसन्धानका लागि खरखजना ऐन अन्तर्गत जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरीले वताएको छ ।
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें