प्रेमीका बनेर लुटपाट गर्ने पक्राउ
काठमाडौं, कार्तिक २७ -
प्रेमीका बनेर लुटपाट गर्ने समुहका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र सोह्र खुट्टे प्रभागको टोलीले उनीहरुलाई राजधानीका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
प्रेमीका बन्ने सञ्चिता कार्की, नुवाकोट त्रिशुलीका नितेश गुरुङ, सोलुखुम्बुका पेम्बा सेर्पा, बौद्धका तेञ्जिङ लामा र क्षेत्रपाटीका राजन श्रेष्ठलाई पक्राउ गरेको हो ।
उनीहरुको समुहले कार्तिक १३ गते राती लैनचौरमा कोहिटीका सुनिल तुलाधरलाई लुटेको थियो । क्षेत्रपाटीको रिक्रियसन फाइनान्सका सञ्चालक तुलाधर फायर क्लब ठमेलबाट फर्किर्ने क्रममा सञ्जिता कार्कीले लैनचौरसम्म छाड्न लिफ्ट मागेकी थिईन् । राती साढे १० बजे लिफ्ट दिएर लैनचौर चोकमा आइपुग्दा तुलाधरलाई पेस्तोल देखाएर मोटरसाइकल सहित लुटेका थिए ।
पक्राउ परेकी कार्कीले धेरै सुन लगाएको देखेपछि साथीहरु मिलेर लुटेको बताएकी छन् । पक्राउ परेका नितेश गुरुङ हातहतियार खरखजना मुद्धामा ६ महिना जेल बसेर छुटेका ब्यक्ति हुन् । यस्तै राजन श्रेष्ठले मोटरसाइकलमा बसेर १७ जनाको सिक्रि लुटेको बताएका छन् । प्रहरीले उनीहरुको साथबाट लुटिएको मोटरसाइकल र केहि सामान बरामद गरिदिएको छ ।
»बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें