|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

डेंगुका कारण भरतपुरमा रगतको अभाव

भरतपुर, कार्तिक २७ -
रगत चढाएरै डेंगु बिरामीको शरिरमा 'प्लेटलेट्' मात्रा पुर्ती गर्नुपर्ने भएपछि यहाँ रगतको माग बृद्धि भएको छ । डेंगु भाइरसको उपचार एकिन नभएकाले बिरामीलाई रगत चढाएरै 'प्लेटलेट' को मात्रा पुर्‍याइन्छ । त्यस आधारमा लक्षण अनुसारको उपचार गरिने चिकित्सकले बताएका छन् ।

डेढ दर्जन ठूला अस्पताल रहेको भरतपुरमा सधै रगत अभाव हुने गरेको छ । वीपी कोइराला क्यान्सर अस्पतालमा बढी रगत खपत हुन्छ । ती बाहेक प्रसुती, शल्यक्रिया र दुर्घटनाका घाइतेका लागि आपतकालिन रुपमा सबै समुहको रगत जोहो गर्नुपर्ने क्षेत्रीय रक्त संचार केन्द्रले जनाएको छ । नियमित रक्तदान कार्यक्रम नहुँदा माग पुरा गर्न अप्ठेरो पर्ने गरेको छ ।

केन्द्र प्रमुख रमेश पौडेलले अभावका बेला पोखरा, बुटवल, हेटौडा र आसपासका जिल्लाबाट आपुर्ती गर्नुपरेको बताए । अहिले डेंगु प्रकोपले रगत आवश्यक परेको हो । 'डेंगु फैलिएपछि रगतको माग ह्वात्तै वढेको हो, उनले भने, 'आवश्यकता अनुसार संकलन हुन सकेको छैन ।' उनका अनुसार पहिले दैनिक ७० युनिट हाराहारीमा रगत माग थियो । प्रकोप संगै यसको माग बढेर दैनिक १ सय ५० युनिट पुगेको छ ।

»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस