पाँच दिनसम्म पनि शवको पोष्टमार्टम भएन
७ माघ हुम्ला । प्युठानको ढुङ्गेगढी ८ घर भइ राष्ट्रिय अनुसन्धान कार्यालय हुम्लामा कार्यरत ३२ वर्षीय मोहन थापाको चिसोले कठ्याङग्रीएर मृत्यु भएको ५ दिन बितिसक्दा पनि चिकित्सकको अभावमा पोष्टमार्टम हुन सकेको छैन ।जिल्ला अस्पतालमा २ जना चिकित्सकको दरबन्दी भए पनि दुबै चिकित्सक नभएका कारण पोष्टमार्टममा समस्या भएको हो । गृहमन्त्रालयको कर्मचारी भएकोले थापाको शवलाई हेलिकप्टर मार्फत प्युठान पठाउने बताइए पनि आजसम्म खराब मौसमको कारण उडान हुन सकेको छैन । थापाका आफन्त समेत हुम्ला पुग्न सकेका छैनन् ।
चिकित्सकको लापरवाहीका कारण थापाको शव अलपत्र परेको भन्दै बिभिन्न निजामती कर्मचारी संगठनहरुले बिज्ञप्ती निकालेर आन्दोलन गर्ने चेतावनी दिएका छन् । »बाँकी समाचार रिडमोर मा छ »
चिकित्सकको लापरवाहीका कारण थापाको शव अलपत्र परेको भन्दै बिभिन्न निजामती कर्मचारी संगठनहरुले बिज्ञप्ती निकालेर आन्दोलन गर्ने चेतावनी दिएका छन् । »बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें