|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

तीन दलको बैठक सुरु

काठमाडौ, माघ ७ - प्रमुख तीन दलका शीर्ष नेताहरुबीच शान्ति मन्त्रालयमा बैठक सुरु भएको छ । सरकार निर्माण र संसदको नियमावली संशोधनका विषयमा छलफल केन्द्रित रहेको छ ।सहमतीय सरकार निर्माणका लागि राष्ट्रपतिले दिएको समय सीमा आज सकिदैंछ । तीनै दल आ-आफ्नै नेतृत्वमा सरकारको दावी गरिरहेका कारण सहमति हुन सकेको छैन । बिहीबार तीन दलले आ-आफ्नो पार्टीमा थप आन्तरिक छलफलपछि बैठक बस्ने सहमति गरेका थिए ।

प्रधानमन्त्री निर्वाचनका लागि व्यवस्थापिका संसदको नियमावली संशोधनका विषयमा पनि दलहरुबीच सहमति हुन सकेको छैन । तीनै दलले छुट्टा-छुट्टै प्रस्ताव गरेको र त्यसमा अडिग रहेका कारण सहमति जुट्न नसकेको हो । गत असार १६ गते प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिएपछि १७ पटक प्रधानमन्त्रीको निर्वाचन भइसेको छ । प्रधानमन्त्रीका सबै उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि नयाँ शिराबाट प्रधानमन्त्रीको चयन प्रक्रिया सुरु भएको छ ।

बैठकमा माओवादी अध्याक्ष पुष्पकमल दाहाल,उपाध्यक्षहरु मोहन वैद्य,बाबुराम भट्टराई,नारायणकाजी श्रैष्ठ,कांग्रेसबाट सभापति सुशिल कोइराला,नेताहरु शेरबहादुर देउवा, रामचन्द्र पौडेल,अर्जुन नरसिंह केसी तथा एमालेबाट अध्यक्ष झलनाथ खनाल,महासचिव ईश्वर पोखरेल र भरत मोहन अधिकारी सहभागी छन् ।
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस