क्याम्पसमा 'अनिश्चितकालिन' ताला
बागलुङ, माघ १४ - विभिन्न बहानामा विद्यार्थीबाट रकम असुल गरेको आरोप लगाउँदै पाँच विद्यार्थी संगठनहरुले धौलागिरी बहुमुखी क्याम्पसमा अनिश्चितकालित तालाबन्दी गरेका छन् ।
क्याम्पस प्रशासनले असुल गरेको रकमलाई स्ववियुले स्वीकार गरेको भन्दै क्रियाशिल पाँच संस्थाले रकम फिर्ताको माग गर्दै ताला लगाएका हुन् ।
अनेरास्ववियुका अध्यक्ष सुमन बोहरा, अखिल क्रान्तिकारीका अध्यक्ष होमनाथ चालिसे, अखिल छैटौका अध्यक्ष भीमलाल पोखरेल, अखिल एकीकृतका संयोजक विजय थापा र अखिल पाँचौका अध्यक्ष नेबबहादुर क्षेत्रीले संयुक्त विज्ञप्ती प्रकाशित गरी रकम फिर्ता नभएसम्म ताला नखोल्ने बताएका छन् ।
उनीहरुले क्याम्पस प्रशासन र स्ववियुले अन्य विद्यार्थीलाई साक्षी राखेर विद्यार्थीबाट बढी रकम असुलेको आरोप लगाएका हुन् । शुक्रवार दिउसो क्यामपसको स्वर्णमहोत्सव मनाउने विषयमा बसेको बैठकमा भाग लिएका विद्यार्थी संगठनहरुले आफ्नो धारणा राखिसकेपछि बाहिरीएर तालाबन्दी गरेको स्ववियु सभापति चिरञ्जिवी गौतमले बताए ।
क्याम्पसले स्वर्णमहोत्सवको लागि प्रतिविद्यार्थी ९० रुपैयाँ संकलन गरेको उनीहरुको आरोप छ । स्ववियु सभापति चिरञ्जिवी गौतमले क्याम्पसले लिएको ९० रुपैयाँ मध्ये ४० रुपैया नियमित र ५० रुपैयाँ पनि फिर्ता गर्ने सहमति भइसकेको बताए ।
'यो बर्ष स्वर्णमहोत्सव नमनाउने भएपछि उक्त रकम फिर्ता गर्ने सहमति भै सकेको हो' क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले भने, 'क्याम्पसको स्वर्णमहोत्सवका लागि केही रकम संकलन गर्नुपर्ने आवस्यकता देखेपछि सबैको सहमतिमा गरौं भनेका हौं, विवाद भएपछि फेरी छलफल गरेर जानुपर्ला ।' यही माघ २५ गते क्याम्पसको ४९ औं बाषिर्कोत्सव कार्यक्रम छ । आगामी बर्ष मनाउने स्वर्णमहोत्सवका लागि उक्त रकम संकलन थालिएको हो ।
क्याम्पसका सबै गतिविधिमा क्रियाशिल विद्यार्थी संगठनहरुलाई सहभागि गराएको र नीतिगत रुपमा हस्ताक्षर गर्न स्ववियु र प्रशासनको आवस्यक पर्ने भएकोले उहाँहरुलाई भ्रम परेको हो ।' सहमति गरेर ताला खुलाउन सकिने गौतमले बताए ।
»बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें