|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

जारको घाँटी र लिंग छिनालेर हत्या

नेपालगन्ज, माघ ६- श्रीमती भगाएको झोकमा पहिलाको श्रीमानले जारको घाँटी र लिङ्ग छिनालेर हत्या गरेका छन् । बाँके हिरमिनिया १ का दयाराम कुर्मीले श्रीमती भगाएको रीसमा कम्दी ८ का छब्ब भन्ने भगवानदिन खटिकको घाँटी र लिङ्ग छिनालेर हत्या गरेका हुन । प्रहरीका अनुसार हत्या गर्नुभन्दा पहिले मंगलबार राति साढे १२ वजे खटिकलाई घरबाट अपहरण गरिएको थियो । घरदेखि अलिपर रहेको गौघाटवमा लगेर हत्या गरिएको प्रहरी नायव उपरिक्षक विनोद घिमिरेले बताए ।

हत्या अभियोगमा प्रहरीले दयाराम र श्रीमती सुमन कुर्मीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । दयारामका भाई रामफेरन कुर्मी फरार छन् ।

प्रहरीका अनुसार छ महिना अघि खटिकले दयारामकी श्रीमती सुमनलाई भगाएका थिए ।

खटिकले सुमनलाई भगाएर भारत लगेका थिए । केही महिना अघि मात्रै खटिक कम्दीको मिलनचोकमा पसल गरी बस्दै आएका थिए । प्रहरीका अनुसार श्रीमती भगाएपछि उनीहरुबिच विवाद हुंदै आएको थियो ।

उनीहरुले एकले अर्कालाई आक्रमण गर्ने प्रयास गर्दै आएका थिए । 'घटनाको प्रकृति हेर्दा नै श्रीमतीको कारणले हुन सक्ने शंका गरेका थियौं । किनभने लिङ्ग छिनालिएको अवस्थामा थियो,' प्रहरी नायव उपरिक्षक घिमिरेले भने, 'बुझ्दै जाँदा श्रीमती कै कारणले हत्या भएको पत्ता लाग्यो ।' उनले प्रराम्भिक चरणको बयानका क्रममा दयारामले खटिकको हत्या गरेको स्वीकार गरेको बताए । उनले श्रीमती भगाएर लगेको रीसमा खटिकको लिङ्ग र घाटी रेटेर हत्या गरेको बयान दिएका छन् ।
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस