चुलोचौको छाडेर महिलाहरु तरकारी खेतीमा
गुल्मी माघ ६-पहिला चुलो चौकोमा रमाउने बागलुङ अधिकारीचौरका महिलाहरु अहिले चुलोचौको छोडेर तरकारी खेतीतर्फ लागेका छन ।धौलागिरि सामुदायीक श्रोत बिकास केन्द्र बागलुङले दिगो भू–व्यवस्थापन कार्यक्रम सञ्चालन गरेपछि बागलुङ जिल्लाको अधिकारीचौर गाविसका महिलाहरु चुलोचौको छोडेर तरकारी खेती गर्नतर्फ लागेका हुन । दिगो भू–व्यवस्थापन कार्यक्रम लागु भएपछि गोठे मल सुधार र गाई भैसीको मुत्र संकलन गरी खेतवारीमा प्रयोग गर्दा उत्पादनमा बृद्धि भएको भन्दै अधिकारीचौरका महिलाहरु तरकारी खेती गरेर आय आर्जन गर्न थालेका छन । तरकारी खेती गरेर यसरी आम्दानी हुन्छ भन्ने आफुले नसोँचेको अधिकारीचौर २ का कमला पौडेलले वताउनुभयो । उहाँले तरकारी खेतीबाट भएको आम्दानीबाट छोराछोरी पठाउनेदेखि घरखर्ची चलाउने सम्म गरिरहेको वताउनुभयो ।
बिगतमा अज्ञानताका कारण आफुहरुले गाई भैँसीको मुत्र खेर फालेको बताउँदै उनीहरुले अहिले त्यहि गाई भैँसीको मुत्र नै आम्दानीको श्रोत बन्न थालेको बताएका छन् । »बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें