गुल्मी जिल्लाका ११ गाविस खाद्य सुरक्षा स्थिति कमजोर
गुल्मी माघ १५-जिल्लाको खाद्य सुरक्षाको स्थिति अनुगमन गर्ने उद्देश्यले तीन दिनसम्म सञ्चालन भएको कार्यशाला गोष्टीले गुल्मी जिल्लाका ११ गाविसहरुको खाद्य सुरक्षाको स्थिति केही कमजोर भएको निष्कर्ष निकालेको छ ।विश्व खाद्य कार्यक्रम डव्लु एफ पी र जिल्ला कृषि विकास कार्यलय गुल्मीको तम्घासमा सञ्चालन भएको कार्यशाला गोष्ठिले यस्तो निष्कर्ष निकालेको हो । गोष्ठिमा खाद्य सुरक्षा अनुगमन गर्ने विभिन्न १२ ओटा सुचकको आधारमा जिल्लाका विभिन्न कार्यलयवाट प्राप्त कोरा तथ्याङ्गको विश्लेषण गरी यस्तो निष्कर्ष निकालिएको थियो । जसअनुसार जिल्लाका ७९ गाविसमध्ये ह्वाङ्दी, नेटा, छापाहिले, मलायागिरी, म्यालपोखरी, हाडहाडे, ग्वाघा, फोक्सिङ, खड्गकोट, अर्खावाङ, र दर्लिङ गाविसको स्थिति केही कमजोर रहेको छ । त्यस्तै दुविचौर, पराल्मी, वलिथुम, पल्लीकोट, सिर्सेनी, पुर्कोटदह, गाविस मध्यम स्तरमा रहेकाछन् । त्यस्तै अग्लुङ, वाग्ला, वाँझकटेरी, जैसीथोक, भनभने, धुर्कोट रजस्थल, हस्तिचौर, मुसिकोट, दौंघा, भार्से, दिव्रुङ, कुर्घा, रिमुवा, हर्राचौर, विशुखर्क, भुर्तुङ, जयखानी र ठुलोलुम्पेक गाविस पनि मध्यम स्थानमा नै रहेका छन् भने वाँकी रहेका ४४ गाविसको खाद्य सुरक्षाको स्थिति सामन्य रहेको छ ।
वुधवारदेखि गुल्मीको सदरमुकाम विभिन्न सरकारी तथा गैरसरकारी कार्यलयहरुलाई समावेश गरी वनाईएको खाद्य सुरक्षा सञ्जालका सदस्यहरु, विभिन्न राजनितिक दलका प्रतिनिधि, गरी ३२ जनाको उपस्थिति रहेको गोष्ठिको सहजीकरण विश्व खाद्य कार्यक्रमका तालिम अधिकृत त्रिभुवन पौडेल, क्षेत्रीय तालिम केन्द्र कास्कीका सुजन हुमागाईँ र विष्णु आचार्यले गर्नुभएको थियो । सञ्जालका संयोजक निमित्त प्रमुख जिल्ला अधिकारी वावुराम अर्यालले जिल्लाको खाद्य सुरक्षाको अवस्था पत्ता लगाउन यस्तो गोष्ठिको आयोजना गरिएकोमा विश्व खाद्य कार्यक्रमलाई धन्यवाद समेत दिनुभएको थियो । »बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें