गहु बारीमा शव
विराटनगर , माघ १५ - मोरङको होक्लाबारीका एक पुरुष शनिबार बिहान गहुँबारीमा मृत फेला परेका छन् । होक्लाबारी-६ का ४१ वर्षीय प्रेम किस्कु बयरबन गाविसको वडा २ मा रहेको स्थानीय बासिन्दाको गहुँबारीमा मृत फेला परेका हुन् ।
गाउँलेले खबर गरेपछि प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ । उनको शरीरभरि निलडाम र घाउ पाइएकाले कसैले कुटपिट गरी हत्या गरेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।
»बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें