मैनामैनी गाविस कार्यालयमा आगजनी
फाल्गुन १४ उदयपुर । अज्ञात समुहले उदयपुरको मैनामैनी गाविस कार्यालयमा शुक्रवार आगजनी गरेको छ । मध्यान ११ बजेतिर ५/६ जनाको समुहले गाविसको कार्यालयमा रहेको सम्पूर्ण कागजजात तथा फर्निचर जलाएका हुन ।गाविस सचिव कुमारबहादुर राईका अनुसार उनीहरुले कार्यालमया प्रवेश गरि त्यहाँका कर्मचारीलाई नियन्त्रणमा लिएर पेट्रोल छर्केर कोठामा भित्रै फर्निचर र दराजबाट कागजपत्र निकालेर महत्वपूर्ण कागज र दराज समेत जलाई दिएका छन् ।आगजनीपछि ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिला र ईलाका प्रहरी कार्यालय चतराबाट प्रहरी टोली घटनास्थल गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएका छन् । अघिल्लो दिन सुनसरीको बाराहा क्षेत्र गाविसमा आगजनी गर्ने समुहले नै त्यहाँ पनि आगो लगाएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । »बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें