|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

महिला हत्यामा पेशेवर अपराधी

फेसबुकबाट सूचना खोजी
जनकपुर, फाल्गुन १४ यहाँको होटल मानकी इन्टरनेशनमा पुस दोश्रो साता भएको एक महिलाको हत्यामा संलग्न आरोपीलाई जिल्ला प्रहरीले पक्राउ गरेको छ । प्रहरी उपरीक्षक दीनेश अमात्यले शुक्रवार अपरान्ह पत्रकार सम्मेलन आयोजन गरी मानकी होटलमा झापा महेशपुर गाविस ३ बस्ने ३२ वर्षीया तारा गुरागाईंलाई झापा पृथ्वीनगर ५ बस्ने ३८ वर्षीय तुलाराम खड्काले कर्तव्य गरी हत्या गरेको जानकारी दिए । खड्कालाई झापा प्रहरीको सहयोगमा त्यहीबाटै पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

एसपी अमात्यका अनुसार पेसेवर अपराधी खड्कामाथि यस अघि पनि हत्या, महिला बेचविखन तथा जेल फोडी भागेको आरोप छ । एक ज्यान मुद्दामा उनी १०वर्ष जेल सजाय भुक्तान गरी सकेका छन् भन्ने अर्को मुद्दामा जेल परेका खडका २०६६ असोज महिनामा मुक्त भएका थिए ।

प्रहरी श्रोतका अनुसार उनले २०५१ सालमा सोलुखुम्बु निवासी कृष्णकुमार राईलाई खुकुरी प्रहार गरी हत्या गरेका थिए भन्ने २०६३ सालमा ताप्लेजुङ निवासी २२ वर्षीया अम्बिका लिम्बुलाई भारतको सिलीगुडीमा बिक्री गरेका थिए । २०६२ सालमा उनी जेल फोडी फरार भएका थिए । गत पुस १६गते जनकपुरको होटल मानकीमा तारा गुरागाइर्ंलाई हत्या गरेको आरोपमा पछिलो पटक पक्राउ परेका हुन् ।

महिलाप्रति अत्यधिक आशक्ति राख्ने खड्काले आफूले तारा गुरागाईंलाई हत्या गरेको स्वीकार गरेका छन् । तारासँग गत चार महिनादेखि आफ्नो शारिरीक सम्बन्ध रहेको र विवाह गर्न पहिलो जनवरीको दिन उनलाई लिएर जनकुपर आएको खड्काले बताए ।

होटल मानकी इन्टरनेशनलमा पर्यटन वर्ष सुरु भएकै दिन भएको यस हत्या प्रकरणबाट स्थानीय प्रहरी दवावमा थिए । प्रहरी उपरीक्षक अमात्यका अनुसार घटनाको छानबिन गर्न मुलुक भरिकै जिल्ला र इलाका प्रहरी चौकीहरु, महिला आयोग तथा अन्य सरोकारवाला संघ संस्थाहरुसंग सहकार्य गर्नुका साथै प्रहरीले मृतक ताराको नाममा नक्कली 'फेसबुक' समेत बनाएका थिए ।

प्रहरी उपरीक्षक दीनेश अमात्यले भने, 'हामीसँग मृतक महिलाको बारेमा केही जानकारी थिएन । फेसबुकमा कुनै प्रतिकृया आउँछ भने हाम्रो सोंच थियो ।'

»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस